Categories: समाज

बाझाे जमिनको सदुपयोग गर्दै तानसेन ५ माेहरपानीमा जडिबुटीहरूकाे बिरुवा उत्पादन सुरु ।

सन्ताेष गहतराज , पाल्पा ।  जिल्लाकाे तानसेन नगरपालिका वडा न ५ स्थित जडिबुटी वनजन्य तथा फलफूल बहुउद्देश्यीय सहकारीले  फलफूल जन्य बिरुवा राेपण गराै ,वातावरण संरक्षण र आम्दानी  वृद्धि गराै भन्ने उधेश्यका साथ माेहरपानीमा व्यवसायी नर्सरीकाे रूपमा विभिन्न फलफूल तथा जडिबुटीहरूकाे बिरुवा उत्पादन गरेको छ ।

करिब ७० कराेड लगानीमा शुरूवात गरिएको उक्त नर्सरी करिब २० राेपनी क्षेत्रफलमा उत्पादन कार्य सञ्चालन भइरहेको छ । ६ जनाकाे सयुक्त लगानीमा सञ्चालन भइरहेको नर्सरीकाे अध्यक्ष डवकला राउत, सचिव , प्रेम बहादुर कार्की ,वसन्ती कार्की लगाएत र बाकी अरू ३ जनाले सेयरमा सञ्चालन भएको सञ्चालन बिष्णु बहादुर कार्कीले बताउनु भयाे । अहिले नर्सरीमा तयारी वनजन्य करिब १८ प्रजातिका जडिबुटी बिरूवाहरू रुद्राक्ष,बाेदी चित्त,टिमुर,लाली गुरास तथा फलफलहरूमा सुन्तला,कागती,अमिलाे,भाेगटे लगाएतका बिरूवाहरू तयारी अवस्था रहेकाे तथा कृषकहरूकाे माग अनुसार माैसम तथा बेमौसमी तरकारी बिरूवाहरू पनि उत्पादन गरिदै आएको सञ्चालन कार्कीले बताउनु भयाे । पछिल्लो समयमा मानिसहरूले खेतबारी तथा खरियाहरूमा खेती नगरि बाझाे राखिरहेकाे अबस्थामा ती नागरिकहरूलाई सस्ताे र सुलर्भ रूपमा बिरुवा उपलब्ध गराइ ती बाझाे रहेकाे जमिनलाई उपयाेग गर्न तथा आय आर्जन  गर्ने सहजहाेस भनी नर्सरी सञ्चालन गरिएको कार्कीले बताउनु भयाे । यसरी बिरुवा उत्पादन भइसके पछि विक्री वितरणकाे लागि कुनै समस्या नरहेकाे बताउनु भयाे उहाले भन्नू भयाे अहिले नर्सिरीमा उत्पादन भएको तयारी बिरूवाहरू पाल्पाका विभिन्न स्थानिय तहरूमा तथा कृषकहरू प्रत्यक्ष सम्पर्कमा आएर पनि लैजाने गरेको बताउदै गुल्मी,स्याङ्जा लगाएतका जिल्लाहरूमा पनि बिरुवा लैजाने गरेको बताउनु भयाे । करिब १३ जना कामदार रहेको उक्त नर्सरीमा २ जनालाई स्थायी अावास सहित बस्ने व्यवस्था रहेको र बाकी स्थानीय कामदारहरू रहेको बताउनु भयाे । बार्षिक रूपमा करिब ८० लाख सम्म आम्दानी    गर्ने गरेकाे बताउदै बिरुवा उत्पादन गर्दा कहिलेकाहीँ विरूवामा राेग देखा पर्ने गरेको बताउनु भयाे । यस्काे लागि भने समस्या रहेको बताउनु भयाे । पछिल्लो समयमा यहि जडिबुटी वनजन्य तथा फलफूल बहुउद्देश्यीय सहकारी व्यवसायीले उत्पादन गरेको बिरुवा पाल्पा विभिन्न स्थानमा लगाइएको छ । त्यसैले सञ्चालन कार्कीले खाली रहेकाे जग्गा जमिनहरूलाई बिरुवा लगाइ हरियाली बनाउन तथा उत्पादन लिनकाे लागि कृषकहरूलाई आग्रह  पनि गर्नु भयाे ।

भिडियो हेर्नुस् ।  

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago