Categories: समाज

बाझाे जमिनको सदुपयोग गर्दै तानसेन ५ माेहरपानीमा जडिबुटीहरूकाे बिरुवा उत्पादन सुरु ।

सन्ताेष गहतराज , पाल्पा ।  जिल्लाकाे तानसेन नगरपालिका वडा न ५ स्थित जडिबुटी वनजन्य तथा फलफूल बहुउद्देश्यीय सहकारीले  फलफूल जन्य बिरुवा राेपण गराै ,वातावरण संरक्षण र आम्दानी  वृद्धि गराै भन्ने उधेश्यका साथ माेहरपानीमा व्यवसायी नर्सरीकाे रूपमा विभिन्न फलफूल तथा जडिबुटीहरूकाे बिरुवा उत्पादन गरेको छ ।

करिब ७० कराेड लगानीमा शुरूवात गरिएको उक्त नर्सरी करिब २० राेपनी क्षेत्रफलमा उत्पादन कार्य सञ्चालन भइरहेको छ । ६ जनाकाे सयुक्त लगानीमा सञ्चालन भइरहेको नर्सरीकाे अध्यक्ष डवकला राउत, सचिव , प्रेम बहादुर कार्की ,वसन्ती कार्की लगाएत र बाकी अरू ३ जनाले सेयरमा सञ्चालन भएको सञ्चालन बिष्णु बहादुर कार्कीले बताउनु भयाे । अहिले नर्सरीमा तयारी वनजन्य करिब १८ प्रजातिका जडिबुटी बिरूवाहरू रुद्राक्ष,बाेदी चित्त,टिमुर,लाली गुरास तथा फलफलहरूमा सुन्तला,कागती,अमिलाे,भाेगटे लगाएतका बिरूवाहरू तयारी अवस्था रहेकाे तथा कृषकहरूकाे माग अनुसार माैसम तथा बेमौसमी तरकारी बिरूवाहरू पनि उत्पादन गरिदै आएको सञ्चालन कार्कीले बताउनु भयाे । पछिल्लो समयमा मानिसहरूले खेतबारी तथा खरियाहरूमा खेती नगरि बाझाे राखिरहेकाे अबस्थामा ती नागरिकहरूलाई सस्ताे र सुलर्भ रूपमा बिरुवा उपलब्ध गराइ ती बाझाे रहेकाे जमिनलाई उपयाेग गर्न तथा आय आर्जन  गर्ने सहजहाेस भनी नर्सरी सञ्चालन गरिएको कार्कीले बताउनु भयाे । यसरी बिरुवा उत्पादन भइसके पछि विक्री वितरणकाे लागि कुनै समस्या नरहेकाे बताउनु भयाे उहाले भन्नू भयाे अहिले नर्सिरीमा उत्पादन भएको तयारी बिरूवाहरू पाल्पाका विभिन्न स्थानिय तहरूमा तथा कृषकहरू प्रत्यक्ष सम्पर्कमा आएर पनि लैजाने गरेको बताउदै गुल्मी,स्याङ्जा लगाएतका जिल्लाहरूमा पनि बिरुवा लैजाने गरेको बताउनु भयाे । करिब १३ जना कामदार रहेको उक्त नर्सरीमा २ जनालाई स्थायी अावास सहित बस्ने व्यवस्था रहेको र बाकी स्थानीय कामदारहरू रहेको बताउनु भयाे । बार्षिक रूपमा करिब ८० लाख सम्म आम्दानी    गर्ने गरेकाे बताउदै बिरुवा उत्पादन गर्दा कहिलेकाहीँ विरूवामा राेग देखा पर्ने गरेको बताउनु भयाे । यस्काे लागि भने समस्या रहेको बताउनु भयाे । पछिल्लो समयमा यहि जडिबुटी वनजन्य तथा फलफूल बहुउद्देश्यीय सहकारी व्यवसायीले उत्पादन गरेको बिरुवा पाल्पा विभिन्न स्थानमा लगाइएको छ । त्यसैले सञ्चालन कार्कीले खाली रहेकाे जग्गा जमिनहरूलाई बिरुवा लगाइ हरियाली बनाउन तथा उत्पादन लिनकाे लागि कृषकहरूलाई आग्रह  पनि गर्नु भयाे ।

भिडियो हेर्नुस् ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago