विश्व पर्यटन दिवसमा पर्यटनमन्त्री भट्टराईले गरे वृक्षरोपण

विश्व पर्यटन दिवसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले मन्जुश्री पार्क चोभारमा वृक्षरोपण गरेका छन्।

फाइल फोटो

वृक्षरोपण कार्यक्रम सचिव केदार बहादुर अधिकारी, सह–सचिव कमल प्रसाद भट्टराईलगायत उपस्थित रहेका थिए।पर्यटन दिवसको अवसरमा वेबिनार समेत हुँदै छ। ग्रामीण विकासको लागि पर्यटन वर्ष नाराका साथ मनाइँदै छ।नेपालको ग्रामीण विकासका लागि होम स्टेको प्रभावको विषयमा छलफल हुँदै छ।

त्यसैगरी विश्व सम्पदा सूचीमा रहेका पर्यटकीय स्थललाई कसरी साइकलमैत्री बनाउने भन्ने विषयमा पनि छलफल हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ।पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन विभागले आज सरसफाइ, वृक्षरोण र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ।यसैबीच, पर्यटनमन्त्री भट्टराईले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश पनि जारी गरेका छन्।उनले भनेका छन्, ‘पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने पर्यटन दिवसका अवसरमा विश्वभरिका पर्यटक, पर्यटन व्यवसायी, सरोकारवाला तथा आम जनसमुदायमा ४१ औ विश्व पर्यटन दिवस-२०२० का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

सन्देशमा उनले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन भएको उल्लेख गरेका छन्। ‘संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल हाम्रो देश नेपाललाई अन्तराष्ट्रिय जगतमा प्रवर्द्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ’, मन्त्री भट्टराईले भनेका छन्, ‘नेपालमा अवस्थित सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखला, छोटो भौगोलिक दूरीभित्र रहेका विविधतापूर्ण भूगोल, कला र संस्कृतिको विशिष्टता र विविधताका साथै विश्वशान्तिको उदगमस्थल अर्थात् गौतम बुद्धको जन्मस्थान लुम्बिनीजस्ता अनुपम सम्पदाहरूका कारण नेपाल विश्वमाझ पर्यटनको आकर्षक गन्तव्य रहेको छ।’

सरकारले यस क्षेत्रलाई प्राथमिकताका साथ आर्थिक सामाजिक विकासमा योगदान पुऱ्याउने क्षेत्रका रुपमा लिएको भन्दै उनले मन्त्रालयले संघीयताको मर्म र सहकार्यबाट हुने फाइदालाई आत्मसात गर्दै तीनै तहका सरकार र अन्तर मन्त्रालय सहकार्यमा नेपालको पर्यटनको विकास र प्रवर्द्धन गर्ने डांचा अवलम्बन गरी निजी क्षेत्रसँगको निकट सम्बन्धमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएका छन्।

सन् २०२० को सुरुवातसंगै विश्वव्यापी रूपमा फैलिएको कोभिड१९ को महामारीबाट नेपालसमेत गम्भीर रूपमा प्रभावित भएको । व्यक्तिगत एवं सामूहिक गतिशीलतामा पर्यटन निर्भर हुने भएको र देशमा २०७६ चैत ११ गतेदेखि समय समयको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले गर्दा यस क्षेत्रका बावसाय तथा सेवाहरूमा उच्च क्षति पुगेको उनले उल्लेख गरेका छन्।

‘तथापि, हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझ निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउनेछ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्नेछ र हामा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरू हामिल हुने भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ । यस परिवेशमा आएको विश्व पर्यटन दिवसका अवसरमा हामीले भौतिक रूपमा उपस्थिति भई विगतमा झै कार्यक्रम तथा जागरण अभियानहरू सञ्चालन गर्न उपयुक्त नभए पनि निकट भविष्यमा यस क्षेत्रको वृद्धि र विकासलाई लक्षित गरी सरकारी निजी व्यवसाय तथा नागरिकस्तरबाट सुरक्षाका मापदण्डहरू पालना गरी आन्तरिक रूपमा सम्भार, विकास र तयारीजस्ता पुनरुत्थानका कार्यहरू गरौ भन्ने अपिल गर्न चाहन्छु’, मन्त्री भट्टराईले भनेका छन्।

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम बिल्डिङ पिस, फोस्टरिङ नलेज’को भावनाअनुरूप यसको व्यावहारिक रूपान्तरण गरी नेपालको पर्यटन क्षेत्रमा अनुसन्धान एवं तथ्यपरक ढंगले योजना कार्यान्वयन गर्ने, गुणस्तर अभिवृद्धि गर्ने र स्थानीय समुदायसम्मले लाभ लिने गरी रोजगारी र वैदेशिक मुद्रा आम्दानीको दिगो स्रोतका रूपमा पर्यटन गतिविधिहरूको विस्तार गर्न उपयुक्त हुन्छ । सरकारले पर्यटनका नवीनतम र दिगो गन्तव्यहरूको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।मन्त्री भट्टराईले आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं बिजहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्द्धन र विकाससम्बन्धी योजना र कार्यक्रमहरूलाई उच्च महत्वका साथ कार्यान्वयन गरिने विश्वास दिलाउन चाहेको बताएका छन्।

‘हामी सबैलाई ४१औँ विश्व पर्यटन दिवसबाट कोभिड १९ को महाव्याधिमाथि विजय हासिल भई पर्यटनसंगै सबै आर्थिक सामाजिक क्रियाकलापहरू सहज र थप गुणात्मक ढंगले सञ्चालन गर्ने सामर्थ्य हासिल हुनेछ र आगामी समय पर्यटन क्षेत्रका लागि अनुकूल बन्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago