Categories: समाज

चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा

खोटाङ। जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको गाउँपालिकाको प्रमुखव्यापारिक केन्द्रमा पर्ने वडा नं चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो

चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको व्यक्तिको नाममा रहेको उक्त जमिनमा विसं २०३८ तिर नै चिसापानी बजारका स्थानीय बासिन्दाका लागि खानेपानीको ट्याङ्कीबनाइएको थियो

विसं २०४२ मा नापी टोलीमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत जग्गा नाप्न गएका दास थरकाअमिनले आफ्नो नाममा दर्ता गरेको पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिनुभयो चिसापानी बजार क्षेत्रमाखानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नै नदिई दर्ता गरेका रहेछन्”, उहाँले भन्नुभयो, “जग्गाधनी हुँ भन्दैसुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउन आउँदा मात्र सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको रहेछ भन्ने थाहा भयो यस विषयमा थप अनुसन्धान भइरहेको

भूमिसम्बन्धी ऐन २०२१ को परिच्छेद को मोहीसम्बन्धी व्यवस्थाको दफा २५ को मोहीको हक प्राप्त हुने अवस्थाको अनुसार नेपालसरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको जनाइएको विसं २०४२ मा आएकोे नापी कार्यालयमादर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको जिकिर

गाउँपालिका प्रमुख राईले मालपोत ऐन, २०३४ को परिच्छेद को जग्गा आवाद गर्नेसम्बन्धी व्यवस्थाको दफा २४ को उपदफा अनुसारनिज व्यक्तिहरुले कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जानकारी दिनुभयो मालपोत ऐन, २०३४ को केही नेपालकानूनलाई संशोधन, एकीकरण, समायोजन खारेज गर्ने ऐन, २०७४ मा व्यवस्था भएअनुसार उक्त जग्गाको विसं २०२१ मा उतारिएको नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने गाउँपालिका प्रमुख राईको भनाइ

स्थानीय सर्वसाधारण तथा चिसापानी बजारका बयोवृद्धहरुले समेत सो जग्गा कसैको भोगचलनमा नरहेको सरकारको नाममा खालीबाँझो चौरी रहेको बताएका छन् उता तत्कालीन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेहरुमध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गासोही ठाउँमा बस्ने माथवरसिं राउतलाई बिक्री गरिसकेका छन् राउतले सो जग्गा सरकारी नै रहेको थाहा भएकाले प्रक्रिया मिलाएरफिर्ता गर्ने बताएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो

जग्गाको प्रकृति पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्तागरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका छन् वडा रहेको उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिकजग्गा खोजी गर्ने अभियान शुरु गरेको

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजीकार्य शुरु गरेका छन् जिल्लाका अधिकांश स्थानीय तहमा रहेका गुठी तथा मठमन्दिरको नाममा रहेको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले आफ्नो नाममादर्ता गरेको पाइएको

हलेसी तुवाचुङका महिलालाई कम्प्युटर तालिम

महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि वडा नं १० अर्खौलेका ६४ महिलालाई तीनमहिने आधारभूत कम्प्युटर तालिम दिइएकोहो

अधिकांश महिला लक्षित बजेटलाई सिलाइ÷कटाइ, बुनाइजस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभूतकम्युटर तालिम दिइएको नगरपालिकाका उपप्रमुख विमला राईले बताउनुभयो कम्युटरसम्बन्धी महिलाको क्षमता दक्षता अभिवृद्धिकालागि महिला लक्षित कार्यक्रमअन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्युटर तालिम बिहीबार समापन गरिएको

महिलाका लागि विनियोजित रु चार लाखमध्ये दुई लाखमा चार वटा कम्युटर एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजनागरिएको थियो हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा चुलोचौकामा सीमितमहिला उत्साहित बनेका छन्

उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता हासिल गरेका छन् कम्प्युटरसिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए महिलालाई सधैँ सिलाइ÷कटाइजस्ता तालिमदिने गरिएको तर, नयाँनयाँ प्रविधिका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिमको आयोजना गरिएको उपप्रमुख राईलेबताउनुभयो केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनका क्रममा पनि कम्युटरसम्बन्धी सीपले महत्वपूर्ण सहयोग पुग्नेअपेक्षा गरिएको उपप्रमुख राईले जानकारी दिनुभयो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago