भारतीय हस्तक्षेपको कारण तराई डुब्यो , गृहमन्त्री थापा ।

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले सीमामा भारतको हस्तक्षेपका कारण नेपालको तराई क्षेत्रको भूमि डुबानमा परेको बताएका छन्। उनले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताए।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बैठकमा गृहमन्त्री थापाले पटक पटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको बताए।

नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माणबारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ थियो। भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरेपनि सार्थक नभएको पनि उनले बताए। 

समितिको छलफलमा सांसदहरूले भारतले पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए। समितिले नेपाली सीमामा भारतले निर्माण गरेको सडक तथा बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ। 

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago