पाल्पा । कोरोना संक्रमण भएका १० हजार भन्दा धेअरी निको भएका छन । सोमबार एकैदिन १७ सय ५ जना कोरोना संक्रमित व्यक्ति उपचारपछि डिस्चार्ज भएका हुन । योसँगै डिस्चार्ज हुने कुल संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा गएको २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । कुल संक्रमण भएकाको तथ्यांकलाई हेर्दा ६१ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् । कुल संक्रमण रहेका मध्ये आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित रहेका छन ।
मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार भएको परिक्षणमा देशैभरी १ सय ४४ जना संक्रमित थपिएका छन । सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि डिस्चार्ज हुनेको संख्या ह्वात्तै बढेको हो। क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ । पछिल्लो समय क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या घटेकाले परीक्षण संख्या पनि घटेको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…