सन्तोष गहतराज,पाल्पा ।पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ काे थपनडाडामा एक दिने तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अाेम बहादुर घर्ती मगरले तिनाउकाे वडा न ४ काे थमन गाउँमा कुरिलाे खेती सम्भावना रहेको क्षेत्र भएकोले यस क्षेत्रका नागरिकहरूकाे माग अनुसार कुरिलाेकाे बीउ वितरण तथा एक दिन तालिम गाउँपालिकाले बजेट छुट्याएकाे बताउनु भयाे ।
साथै अागामी दिनहरूमा अन्य कार्यक्रमहरू पनि गाउँपालिकाले यस क्षेत्रका नागरिकहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गर्ने पनि अध्यक्ष घर्ती मगरले बताउनुभयो । कार्यक्रम विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तार अार्गह गर्नु भयाे ।
कार्यक्रममा समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापा,छैठौं अधिकृत उमादेवी अाचार्य,पत्रकार सन्ताेष गहतराज,स्थानीय वडाका जनप्रतिनिधिहरू लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम स्वागत मन्तव्य हेमन्त कुमार शर्माकाे,वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । तालिमकाे प्रशिक्षण जिवराज घिमिरे र लुङकला घिमिरेले गर्नु भएको थियाे ।
तालिममा २५ जना सहभागी भएका थिए सहभागीहरूलाई तालिम समापन पश्चात् कुरिलाेकाे बीउ समेत वितरण गरिएको थियाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…