पृथ्वी प्रकाश मा विको ४ कोठे भवन सिलन्यास ।

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ स्थित पृथ्वी प्रकाश मा वि सत्यवतीको ४ कोठे विद्यालय भवन सिलन्यास गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले गर्नु भएको छ ।

पुर्न निर्माण प्राधिकरण केन्द्रिय आयोजनाबाट विनियोजन भएको ७० लाख बजेटबाट उक्त भवन निर्माण हुन लागेको हो र शौचालय को लागि १५ लाखको योजना रहेको साथै शैक्षिक फर्निचरको लागि अर्को १० लाख रकम प्रदेश सरकारबाट बिनियोजन भएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो । उक्त विधालयमा यस बर्षबाट कक्षा ११ संचालन शुरू भएको करिब ४ सय विद्यार्थी सख्या रहेको छ । तिनाउ गाउँपालिका भित्र पुर्न निर्माण प्राविधिकरणबाट १७ वटा र शिक्षा विभाग तथा प्रदेश र स्थानीय सरकारबाट ११ वटा गरि गत बर्ष देखि हाल सम्म २८ वटा विद्यालय भवनकाे याेजना परेकोमा धेरै जति निर्माण सम्पन्न भइसकेको र केही निर्माण हुने क्रममा रहेको अध्यक्ष घर्ती मगरले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले भवनको निर्माण लागि पुर्न निर्माण प्राधिकरण क्रेन्दिय आयोजना लाई गाउँपालिकाले पहल गरि उक्त भवन निर्माणको लागि बजेट पार्न सफल भएको बताउदै उक्त भवनको निर्माण कार्य समयमा नै सम्पन्न गर्न शुभकामना दिनु भयाे । कार्यक्रम समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापाले यस विधालयमा अब कक्षा ११ र १२ सम्मको पढाइ सञ्चालन हुने भए पछि वडा न ४ का विद्यार्थीहरूलाई धेरै राहत पुग्ने बताउदै अहिले तिनाउ गाउँपालिकामा पुर्न निर्माण प्राधिकरणबाट १७ वटा भवनकाे लागि बजेट बिनियाेजन भएको बताउनु भयाे । साथै ती निर्माण हुदै गरेको विद्यालयका भवनहरू समयमा नै काम सम्पन्न गर्न शुभकामना दिनु भयाे । कार्यक्रम वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहा,वडाका जनप्रतिनिधिहरू,विद्यालयका शिक्षक शिक्षिकाहरूकाे उपस्थिति रहेकोमा थियाे । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अाले र विद्यालयकि प्र अ भिमिसरा सुनारी सञ्चालनमा सम्पन्न भएको थियाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago