सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले अनलाइन प्रणाली मार्फत राजस्व संकलन तथा योजना व्यवस्थापनतालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्बन्धि निति अनुरूप सरकारी कार्यालयको काम काजलाई छिटो, छरितो,पारर्दशी र बैज्ञानिक ढंगले कार्य सम्पादक गर्न अनलाइन प्रणाली मार्फत राजस्व संकलन गर्न कर्मचारीहरूलाई उक्त राजस्वसम्बन्धि तालिम संचालन गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो ।
तालिममा सबै वडाका वडा सचिव रवडा गाउँपालिकाको लेखा,प्रशासन र राजस्वका कर्मचारीहरू सहभागीता रहेको थियो । २ दिन सम्म चल्ने उक्त तालिममा उपाध्यक्षदमयन्ती थापा,प्रवक्ता राजेश श्रेष्ठ,लेखा अधिकृत शंकर पुरी लगाएतले राजस्व संकलनमा अनलाइन प्रणालीको आवश्यकता रमहत्त्वबारे आ आफ्नो विचार राखेका थिए । तालिमको सहजीकरण सुचना प्रविधि अधिकृत तुल बहादुर घर्तीले गर्नु भएको थियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…