चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने ।

थम्मन थापा बागलुङ असोज २४ । बागलुङ जिल्लाको चलचित्र बुकिको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सास्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापन मा चलचित्र निर्माण गर्न लागिएको हो ।


बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकि निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भने , जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन हामी सफल हुने छौ । पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए । ‘अहिले चलचित्रको कथाबस्तुको काम सकियको छ, हामीले सामाजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उनले भने । जिल्लाका स्थानीय तह, संघ सस्था, प्रवासी तथा स्थानीय नागरिकसँगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापाले जानकारी दिए । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्यब्य पोखरामा आउने पर्यटकलाई भित्राउन समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने थापाको दावी छ । चलचित्र व्यावसायिक नभइ सामाजिक अभियान मार्फत गर्न लागेको आर्थिक संयोजक प्रकाश आलेको भनाइ छ । दुई बर्षदेखि अभियान सुरु गरेको र कथाबस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनले बताए । ‘कोरोना महामरीले पनि हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’ उनले भने । स्वदेश तथा विदेशमा रहेका बागलुङवासीले साथ र हौसला समेत दिएको आर्थिक संयोजक आलेले बताए । चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्ला सवै स्थानीय तहमा सांगीतिक कार्यक्रम समेत गरिने उनले बताए । कोरोरा महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भनेपनि गर्न नसकेको आलेको भनाइ छ । सामाजिक अभियान मार्फत निर्माण हुने चलचित्र बुकि को नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकि फुलको नाम बाट गरिएको निर्माण समितिले जनाएको छ । चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने निर्माण समितिले बताएको छ । चलचित्र निर्माणको लागी १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि हुने आम्दानी पनि पर्यटकीय गन्तब्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago