रिब्दिकाेटका ५ सय १३ परिवार निलाे आलु वितरण ।

सन्ताेष गहतराज , पाल्पा ।  पाल्पा जिल्लाकाेट रिब्दीकोट गाउपालिकाले पालिका भित्रका ५ सय १३ घरपरिवारलाई निलाे आलु वितरण गरेकाे छ ।

गाउँपालिकाका  अध्यक्ष नारायणबहादुर जि.सी.का अनुसार अहिले रिब्दिकाेट गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा लगानी बढाएको बताउदै आलु तरकारीबाली मात्र नभइ खाद्यबालीका रुपमा रहेकोले कृषकको माग अनुसार सहभागितात्मक रुपमा वीउ वितरण गरिएको बताउनु भयाे । 

आलु  दैनिक उपभोग्य वस्तु भएको हुँदा गरिव तथा विपन्न परिवारले खानाकै रुपमा समेत प्रयोग गर्न सक्ने तथा लामाे समय सम्म भण्डार गर्न पनि सकिने भएकोले गाउँपालिकाले आलुको बीउ वितरण गरेकाे बताउनुभयो साथै पालिकाले आलु कृषकहरूले उत्पादन गरेकाे अालु भण्डार गर्नकाे लागि अागामी बर्ष विशेष याेजना बनाएर अगाडि बढ्ने पनि बताउनु भयाे । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले आलुबाली खेती गर्न सहज रहेको बताइन् । उनले उत्पादन भएको बस्तु लामो समयसम्म भण्डार गर्न सकिने र आम्दानीको राम्रो स्रोत भएकोले वीउ वितरण गरिएको बताइन् ।

चालु आर्थिक वर्षमा कृषक लक्षित कार्यक्रमबाट गाउँपालिकाभित्रका २ हजार ५ सय १३ परिवारका लागि निलो आलुको वीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।

उनले कृषको ५० प्रतिशत लागत सहभागितामा पालिकाले ५० प्रतिशत अनुदान थपेर आलुको विउ वितरण गरिएको बताए ।

गाउँपालिकाले आफ्ना नागरिकलाई कृषि पेशामा प्रेरित गर्ने उद्देश्यका साथ १९ लाख ५५ हजार बराबरको आलुको वीउ वितरण गरिएको हो ।

पालिकाभित्र कूल २ सय ९० क्विन्टल आलुको विउ वितरण गरिएको हो । आलु पाएपछि कृषकहरुले परम्परागत आलुबाट भन्दा यसबाट राम्रो उत्पादन र आम्दानी दिन सकिने बताए । उनीहरुले स्थानीय सरकारले समय अनुसार वीउपल र प्रविधि हस्तान्तरण गर्दा खेती गर्न सहज हुने गरेको कृषकको भनाई छ । यसरी गाउँपालिकाले पालिका स्तरमा अाइ अालुकाे बीउ वितरण गरे पछि पालिकाका नागरिकहरू खुशी भएका छन ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago