कर्मचारी तथा स्वास्थ्य कर्मीलाई काेराेना देखिए पछि रामपुर नगरपालिका र निस्दी गाउँपालिका सिल ।

पाल्पा । पछिल्लो समयमा पाल्पा जिल्लाकाे दस वटै स्थानीय तहहरूकाे समुदाय स्तर काेराेना फैलिरहेकाे बेला जिल्ला रामपुर  नगरपालिका र निस्दी गाउँपालिका स्वास्थ कर्मी तथा कर्मचारीहरूलाई काेराेना पाेजेटिभ भए सँगै थप अझ समुदाय स्तरमा काेराेना नफैलियाेस भनी शिल गरिएको छ ।

रामपुर नगरपालिकाले शनिबार राती १२ बजे देखि ३० गते बेलुकी सम्म र निस्दी गाउँपालिकाले कार्तिक १ गते राती सम्म शिल गरेको जनाएको छ । शुक्रबारमात्रै नगरभित्रका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नगरपालिकाले शिल गर्ने निर्णय गरेको हो । 

रामपुरमा समुदाय स्तरका ४९ र सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यस्तै निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित शुक्रबार १० जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पालिका शिल गर्ने निर्णय भएको हो । निस्दी गाउँपालिकामा एक शय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको पाल्पामा ८ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २२४ जना समुदाय स्तर र ११४ जना सक्रिय संक्रमित पाल्पामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago