बेलायतमा ९० वर्षीयाले लगाइन् फाइजरको पहिलो खोप

एजेन्सी ।बेलायतले तयार गरेको कोरोना खोप फाइजर लगाउने पहिलो व्यक्ति उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकी छन्।परीक्षणभन्दा बाहिरका व्यक्तिमा खोप पाउने उनी पहिलो भएको बिबिसीले जनाएको छ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिकसुरुवात गरिएको हो।

फोटो फाईल

बेलायतले फाइजरबायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियानसमेत सुरु गरेकोछ। पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाईयो खोप दिइने योजना बेलायत सरकारको छ। 

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्युभइसकेको छ। बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन्। 

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड१९ विरुद्ध बेलायतको पहिलो ठूलो अभियान रहेको बताएका छन्। 

बेलायतको नियामक निकायले गत बुधबारमात्र फाइजरको खोपलाई अनुमति दिएको थियो। कतिपय वैज्ञानिक समुदायले बेलायतलेअलि बढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ। 

बेलायतले हालसम्म करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ। यसबाट करिब करोड मानिसलाई खोप दिनपुग्नेछ। पहिलो चरणमा करिब लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ। इनिस्किलिनकी किनानले युनिभर्सिटीअस्पताल कोभेन्ट्रीमा खोप लगाएपछि आफू अत्यन्तै विशेषाधिकार प्राप्त व्यक्ति झै भएको अनुभूति सुनाइन्। 

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago