Categories: समाज

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाण्डौप्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्षकोरोना महामारीका कारण नहुने भएको छ।

फोटो फाईल

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्षकोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकासकोषले जनाएको

त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिए पनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीजछर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपतिक्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए

कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषलेजनाएको पशुपतिमा महाशिवरात्री, साउनका सोमबार, हरितालिका (तीज), बाला चतुर्दशीलगायत पर्वमा लाखौँ भक्तजनको भीडलाग्ने गरेको बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरीशतबीज छर्ने गर्छन्

यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ कोरोना महामारी बढेपछि गएको वर्ष चैत ११गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको भौतिक दूरी कायम गरी स्वास्थ्यसुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराइ दर्शनको व्यवस्था मिलाइने कोषका सदस्यसचिव डा प्रदीप ढकाललेबताउनुभयो  

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago