Categories: समाज

माथागढी गाँउपालिकाले फरक क्षमता भएका व्यक्ति लाई सामाग्री हस्तान्तरण

पाल्पा -काेराेनाका कारण बन्दाबन्दी भए सँगै अहिले जताततै नागरिकहरूकाे दैनिकी कष्टकर बनेको छ । यस्काे प्रभाव त झन फरक क्षमता भएका व्यक्तिहरूमा पनि यस्काे प्रभाव झन पसेको देखिन्छ ।यसै सन्दर्भमा जिल्लाकाे माथागढी गाउँपालिकाले पालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरूकाे पहिचान गरि फरक क्षमता भएका व्यक्तिहरूकाे लागि अावश्यक सहयाेगी सामाग्रीहरू वितरण गरेकाे छ ।

गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत फरक क्षमता भएका व्यक्तिहरूका लागि सहयोगी सामाग्री वितरण गरेको छ।

गाँउपालिकाले पालिकाका आठ ओटै वडामा रहेका ४८ जना फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्यांक संकलन गरिएको र उनिहरूलाई अावश्यक सहयोगी सामाग्री वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे ।

गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरूलाई दैनिक जीवन यापन गर्न सहज हाेस भनी बैशाखी,एल बैशाखी,सेताे घडी,पहेलाे बैशाखी,चर्पी चियर लगाएतका सामाग्री वितरण गरिएको अध्यक्ष थापा मगरले बताउनु भयाे ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले फरक क्षमता भएका व्यक्तिहरूलाई अावश्यता अनुसार सामाग्री सहयोग गरेको बताउदै सामाग्रीको सहिसदुपयोग गर्न आग्रह गर्नु भयो।

कार्यक्रम सुशिला रानाको स्वागत मन्तव्य ,समाज सेवि तुला बं. सारू र गाँउपालिकाको सामाजिक शाखा प्रमुख पुनम चिदिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago