Categories: समाज

माथागढी गाँउपालिकाले फरक क्षमता भएका व्यक्ति लाई सामाग्री हस्तान्तरण

पाल्पा -काेराेनाका कारण बन्दाबन्दी भए सँगै अहिले जताततै नागरिकहरूकाे दैनिकी कष्टकर बनेको छ । यस्काे प्रभाव त झन फरक क्षमता भएका व्यक्तिहरूमा पनि यस्काे प्रभाव झन पसेको देखिन्छ ।यसै सन्दर्भमा जिल्लाकाे माथागढी गाउँपालिकाले पालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरूकाे पहिचान गरि फरक क्षमता भएका व्यक्तिहरूकाे लागि अावश्यक सहयाेगी सामाग्रीहरू वितरण गरेकाे छ ।

गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत फरक क्षमता भएका व्यक्तिहरूका लागि सहयोगी सामाग्री वितरण गरेको छ।

गाँउपालिकाले पालिकाका आठ ओटै वडामा रहेका ४८ जना फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्यांक संकलन गरिएको र उनिहरूलाई अावश्यक सहयोगी सामाग्री वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे ।

गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरूलाई दैनिक जीवन यापन गर्न सहज हाेस भनी बैशाखी,एल बैशाखी,सेताे घडी,पहेलाे बैशाखी,चर्पी चियर लगाएतका सामाग्री वितरण गरिएको अध्यक्ष थापा मगरले बताउनु भयाे ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले फरक क्षमता भएका व्यक्तिहरूलाई अावश्यता अनुसार सामाग्री सहयोग गरेको बताउदै सामाग्रीको सहिसदुपयोग गर्न आग्रह गर्नु भयो।

कार्यक्रम सुशिला रानाको स्वागत मन्तव्य ,समाज सेवि तुला बं. सारू र गाँउपालिकाको सामाजिक शाखा प्रमुख पुनम चिदिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago