सन्ताेष गहतराज,पाल्पा- जिल्लाकाे बग्नासकाली गाउँपालिकाले कृषकहरुलाई ५०% अनुदानमा कृषकहरूका कृषि जन्य मेसिन तथा अाैजारहरू प्रदान गरेको प्रदान गरेकाे छ । अार्थिक बर्ष २०७६/७७ मा लकडाउन सँगै नागरिकहरू कृषिमा प्रेरित भइरहेकाे बेला गाउँपालिकाले कृषिमा विशेष प्राथमिकता दिई बजेट बिनियाेजन गरेको छ ।
साेहि अनुसारगाउँपालिकाले कृषि यान्त्रिकरण कार्यक्रमका लागि गाउँपालिकाबाट २ लाख बराबरको हाते ट्याक्टर र ६७ हजार बेसार पिस्ने मेसिनका लागि बजेट विनियोजन गरि वडा नं. १ को कृषि यान्त्रिकरण कार्यक्रमको लागि १ लाख ७५ हजार विनियोजन गरिएको थियाे । जस अन्तर्गत सिडवीन, स्प्रेयर लगायत यन्त्र खरिद गरि वितरण गरिएकाे छ। वडा नं. ६ को कृषि यान्त्रिकरण कार्यक्रमबाट सामग्रीहरु वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बताउनु भयाे ।
गाउँपालिका अध्यक्ष कृषि प्रसाद बस्यालले बग्नासकाली गाउँपालिकाले कृषकहरूकाे अाबश्यकताका अाधारमा विभिन्न वडाका किसानहरुलाई स्पेयर,हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान गर्नुको साथै संचालनको लागि तालिम समेत दिइएको बताउनुभयो । त्यस्तै अहिले कृषकहरू कृषि पेशामा प्रेरित भइरहेको बेला गाउँपालिकाले कृषिलाई प्राथामिकता दिई बजेट बिनियाेजन गरेको पनि बताउनु भयाे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले मेसिन सहि रुपमा सदुपयोग गरी आर्थिक उपार्जनमा वृद्धि गर्न अlर्गह गर्नु भयाे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाले सबै क्षेत्रका किसानलाई समेटेर माग र आवश्यकताको आधारमा मेसिन प्रदान गर्नुको साथै मेसिन संचालन र मर्मत, व्यवस्थापनको तालिम दिईएको बताउनु भएको थियो ।
बग्नासकाली गाउँपालिकाले अनुदानमा कृषि सामाग्री पाए पछि खुशी भएका छन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…