भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना

बैतडी। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीकाप्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो   उहाँले भन्नुभयो, “हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्षस्थापना गरेका छौँ

जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको आइसियुका लागिदक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताउनुभयो आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सककोआवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने देखिएको उहाँलेभन्नुभयो, “आइसियु कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या

यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर नर्सलाई पनि आइसियु सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने त्यो तालीम कसैलेपनि लिएको छैन कोरोनाका गम्भीर बिरामीलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियुकक्ष स्थापनाका लागि उपकरण पठाएको थियो उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भए पनि दक्ष जनशक्ति नपठाउँदाआइसियु कक्ष सञ्चालनमा समस्या भएको

बैतडी जिल्लाभरि हालसम्म ५६९ मा कोरोना पुष्टि भएकोमा एकको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको जिल्लाभरि हाल ६४ सक्रिय सङ्क्रमित रहेकोमा ५०४ जनाले कोरोना जितिसकेका छन्

दुई स्थानीय तहका विद्यालय पुनः बन्द

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्   जिल्लासदरमुकामस्थित दशरथचन्द नगरपालिका डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन्

कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा  लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् दशरथचन्दनगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथलेजानकारी दिनुभयो उहाँले भन्नुभयो, “दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्

यस्तै डिलाशैनी गाउँपालिकाले पनि मङ्सिर २६ गतेसम्मका लागि लकडाउन गरेको लकडाउन गरेकाले गाउँपालिकाभित्रकाविद्यालय बन्द भएका प्र्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो जिल्लाका अन्य आठ वटा  स्थानीय तहहरुमाशिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार  विद्यालय सञ्चालनमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसादअवस्थीले जानकारी दिनुभयो उहाँले भन्नुभयो, “जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको

बैतडीमा हालसम्म ५७० मा सङ्क्रमण देखिएको   सङ्क्रमितमध्ये ६५ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयकाकोभिड१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा४२ जना रहेका छन् यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई दोगडाकेदारगाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन्

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago