विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

बिर्तामोड – विश्व वातावरण दिवसको अवसरमा श्री चमरधाप आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। रोयट्र्याक्ट क्लब अफ बिर्तामोड, अनारमनी सामाजिक युवा क्लब, एलीट युवा क्लब (बट्टारे) र युनाइटेड युवा क्लबले मिलेर विद्यालय परिसरमा बिरुवा रोपेका छन्।
यस कार्यक्रममा बिर्तामोड-०३ का वडाध्यक्ष मदन बुढाथोकी, वडाध्यक्ष राहुल शर्मा, रोयट्र्याक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाह, एलीट युवा क्लब बट्टारेका अध्यक्ष प्रकाश लिङ्देन र सबै सम्बद्ध क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
सहभागी क्लबहरूले यसै महिनाभित्र फलफूलका बिरुवा पनि रोप्ने प्रतिज्ञा गरेका छन्। यसअघि पनि रोयट्र्याक्ट क्लब अफ बिर्तामोडले सोही विद्यालयमा ३२ वटा बिरुवा रोपिसकेको छ।
यस बाहेक, रोयट्र्याक्ट क्लब अफ बिर्तामोडले विद्यालयमा स्टेसनरी सामान, स्वेटर, जुत्ता, झोला आदि पनि वितरण गरिसकेको छ।
विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूले कार्यक्रमप्रति खुशी व्यक्त गर्दै वातावरण संरक्षणका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए।
यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा थप योगदान पुर्याउने विश्वास राखिएको छ।
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago