दुर्घटनाबाट हुने मृत्यु घटाउन झापामा खुल्यो स्पाइन एक्स हस्पिटल एण्ड ट्रमा सेन्टर

झापा। झापाको बिर्तामोड नगरपालिका–२ भगवान चोकमा ‘स्पाइन एक्स सुपरश्पेस्यालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आउने भएको छ ।

भोलि सोमबारदेखि औपचारिक रुपमा हस्पिटल सञ्चालनमा आउने भएको हो । हस्पिटलको एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छे उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष एवम् स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

‘सडक दुर्घटनामा हुने मृत्यु घटाउने उद्देश्यले हस्पिटल सञ्चालन ल्याउन लागिएको हो’, उहाँले भन्नुभयो, ‘सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने हाम्रो प्रयास रहनेछ ।’ हाल १५ बेडमा शुरु गरिने अस्पताल १०० बेडको पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । कोशी प्रदेशकै ठूलो स्पाइनल उपचार केन्द्रका रुपमा हस्पिटल स्थापित हुने उहाँको भनाइ छ ।

हस्पिटलमा अत्याधुनिक प्रविधिबाट स्पाइन सम्बन्धी सबै उपचार गरिने जनाइएको छ । हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार (दुरवीनबाट गरिने उपचार), न्यूरोको अत्याधुनिक प्रविधिसहितको इण्डोभास्कुलर न्युरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन (एमसीएच) बाट सेवा, गाइनोतर्फ बाझोपन सम्बन्धी विशिष्टकृत डाक्टहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा, अत्याधुनिक प्रविधिको भिडियो एकस रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसियु, नर्सरी, एचडियु सेवा प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हस्पिटलका स्पाइनल सर्जन डा. गौरवराज ढकालले आठ वर्ष अघिदेखि अस्पताल सुरुवातको तयारी गरिएको बताउनुभयो । हस्पिटल सञ्चालनमा आएपछि उपचारका लागि भारत लगायत अन्यत्र जानुपर्ने बाध्यता पूर्ण रुपमा अन्त्य हुने बताउनुभयो । अन्यत्रबाट अब उपचारका लागि झापा आउने वातावरण बन्ने उहाँको भनाइ छ ।

करिब ३० करोड रुपैयाँको लगानीमा पूर्ण रुपमा सञ्चालनमा आउने स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा हाल ६० प्रतिशत लगानी भइसकेको छ ।

पत्रकार सम्मेलनमा हस्पिटलका स्पाइनल सर्जन डा. लक्ष्मीप्रसाद मैनालीले दुर्घटनाबाट नेपालमा दैनिक ३० जनाको मृत्यु÷गम्भीर घाइते हुने गरेको बताउँदै मृत्यु घटाउन स्पाइनल एक्स गतिलो थलो बन्ने बताउनुभयो । उहाँले नसर्ने रोगपछि दुर्घटनाबाट मृत्यु हुनेको संख्या अधिक रहेको समेत उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले हस्पिटलको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार विजय बरालले गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा सञ्चालक किशोर भुजेल, प्रकाश लिङ्देन, डा. ध्रवनारायण शाह, डा. उपशना कोइराला थापा, डा. केशवकुमार मण्डल, डा. अमरेन्द्रकुमार थादव, डा. मोहम्मद नौसाद अन्सारी, व्यववस्थापन प्रमुख अभय भुजेल, कनकाई हस्पिटलका फडेन्द्र चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago