बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् ।
दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि)चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका निर्वाचन समितका संयोजक पुष्पराज भट्टराईले जानकारी दिए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको हो ।
इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आइतवार बिर्तामोडमा भएको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन इक्यानका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले गरेका थिए । उनले शैक्षिक परामर्श क्षेत्रको विकास तथा एकतालाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा इक्यान झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराई, नेल्टाका केन्द्रिय सदस्य धमेन्द्र भट्टराई (मामा), रोटरी क्लब अफबिर्तामोड मिड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, इक्यान पूर्वाञ्चल शाखाका नवनिर्वाचित अध्यक्षसहित प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।
इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले सगत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव र कोषध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।
अधिवेशनको अवसरमा विभिन्न नेतृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने इक्यानलाई महत्वपूर्ण योग्दान पु¥याएको भन्दै संस्थापक अध्यक्ष सुमान शर्मा जमरकट्टेल र अतिरिक्त विभाग प्रमुख अग्नी सापकोटा (अनिल) लाई सम्मान गरिएको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…