Categories: समाज

झापामा उपमेयर चढेको गाडी जलाउने प्रयास

विराटनगर झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको बिहीबारदिउँसो उप्रेती सवार मे १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो

चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई जिउँदै जलाउने प्रयास भएको उनलेबताइन् बीच सडकमा गाडी रोकेर उत्रन भने, उत्रिन,’ उनले भनिन्, ‘पानीको बोतलमा पेट्रोल ल्याएका रहेछन् मभित्र थिएँ पेट्रोलछर्किएर सलाई कोर्दा कोर्दै उम्किएँ

पूर्व पश्चिम राजमार्गको धाइजन चारआली बीच खण्डमा बाटो छेकेर आगो लगाउने प्रयास भएको उनले बताइन् सरकारी गाडीजलाउने कार्यक्रम भन्दै पेट्रोल छर्किए,’ उनले भनिन्, ‘गाडी अगाडि एउटा मोटरसाइकलले बाटो छेकिएको थियो जबरजस्ती उम्किएरप्रहरीलाई फोन गरेँ

आफू सवार गाडीमा कसले किन आगजनी गर्न खोजिकए भन्नेबारे जानकारी नभएको बताइन् आफू सवार गाडी अगाडि मोटरसाइकलरोकिएका कारण दुई जनालाई मात्र देखेको उनले बताइन्

उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाकाडीएसपी राकेश थापाले जानकारी दिए उपमेयरले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरुको खोजी सुरु गरेको उनले बताए दुई जना सहभागी भएको जानकारी आएको ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं

प्रहरी स्रोतका अनुसार तनहुमा कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ परेको विरोधमा झापामा नेपाल विद्यार्थी संघले आन्दोलन गर्ने कार्यक्रमतय भएको थियो घटनामा नेविसंघका कार्यकर्ता सहभागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago