सिलगुडी–चारआली पाइपलाइन परियोजना कार्यान्वयनमा संसदीय समितिको चासो

काठमाडौं । संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमताविस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले आज नेपाल आयल निगमले उच्च प्राथमिकका साथ कार्यान्वयनमा ल्याएकाती परियोजना कार्यान्वयनमा भएका प्रारम्भिक कामका विषयमा चासो व्यक्त गरेको हो ।

सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न आफूहरुलेनिर्देशन दिएको समितिका सभापति श्रीवास्तवले जानकारी दिए । “हामीले उक्त परियोजनाका प्राविधिक पक्षबारे जानकारी लियौँ”, उनले भने, “कमभन्दा कम क्षतिमा परियोजना निर्माण अगाडि बढाउन निर्देशन दिएका छौँ ।”

संसदीय टोलीलाई भारतीय आयल कर्पोरेशन र नेपाल आयल कर्पोरेनशका प्राविधिकले संयुक्त परियोजनाका बारेमा जानकारी दिएकाथिए । प्राविधिक टोलीले सिलगुडीबाट झापासम्म पाइपलाइन निर्माण गर्न तीन वटा सम्भावित मार्गबारे अध्ययन गरेको थियो ।

क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्र्याउने तथा कम्तीमा तीन महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डारण गृहनिर्माण गर्ने सरकारको योजनालाई मूर्तरुप दिन पछिल्लो समय निगम लागि परेको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनपरियोजना तथा एलपीजी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण तथा प्रदेश नं १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण क्षमताविस्तार गर्ने परियोजनालाई निगमले उच्च प्राथमिकतामा राखेको छ ।

नेपाल आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुडीबाट झापा पेट्रोलियम पाइपलाइनजोड्ने परियोजनाको खाका तयार भइसकेको छ । निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रुपमा पाइपलाइन सर्भे गर्ने कामसम्पन्न भइसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रुटको एकीन गर्ने कार्य निगमको प्राविधिक टोलीलेसम्पन्न गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना अगाडि बढाउने उल्लेख छ । मोतिहारी–अमलेखगण्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाई विस्तार गरेर चितवनको लोथरसम्म लैजाने सरकारको योजना छ । त्यसैगरी भारतकोसिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममासमेटिएको छ ।

यस्तै चारआलीमा निर्माण हुने करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा एलपी ग्यास बोटलिङ प्लाण्ट निर्माण गर्नअन्तर्राट्रिय परामर्शदाता नियुक्त भइसकेको छ । परामर्शदाताले निर्माण कार्य शुरु गरिसकेको छ । निगमले भद्रपुर विमानस्थलमा सानाएभिएसन परियोजनाअन्तर्गत अत्याधुनिक प्रविधियुक्त ६० हजार लिटर क्षमताका दुई भण्डारणयुक्त ट्याङ्कमार्फत रिफ्युलिङ गर्नेपद्धतिको निर्माण कार्य शुरु गरिसकेको छ । उक्त विमानस्थलमा रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी नहुँदा समस्या देखिएको थियो। संसदीय टोलीमा समितिका सदस्य भीमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृतादेवी अग्रहरी सहभागी रहेका थिए ।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago