फाइल फोटो
काठमाडौं, मंसिर १८ । नेपाल राष्ट्र ब्यांकले कोभिड–१९ प्रभावित व्यवसायीलाइ दिइने कर्जामा थप सहजीकरण गर्ने भएको छ। होटल, पशुपन्छीसहित कोभिडले प्रभाव पारेकf व्यवासयालई दिइने पुनरकर्जालाई थप सहजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिको पहिलो समीक्षामार्फत हुने गरिएको नेपाल राष्ट्र ब्यांकका प्रवक्ता गुणाकर भट्टले बताए।
व्यवसायिक पुनरकर्जा, रियल स्टेट, शेयर धितोसहितको कर्जामा पुनरावलोकन गर्ने निर्णय पनि राष्ट्र ब्यांकले गरेको छ। ६ महीना भन्दा बढीको ब्याजको बक्यौता नभएको ऋणिको धितो लिलामी रोकिने भएको छ। राष्ट्र ब्यांकले मौद्रिक नीतिको यस्तो समीक्षामार्फत ६ महीनाभन्दा बढीको ब्याज बक्यौता नभए त्यस्तो ऋणिको धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको पनि भट्टले जानकारी दिए। यसले कोभिडबाट प्रभावित व्यवसायीलाई सहज हुने र अवस्था थप खराब हुनबाट बचाउने छ।
नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीतिको समीक्षा गर्दै कोभिड–१९ प्रभावित व्यवसायलाई सहजता प्रदान गर्ने भएको छ। राष्ट्र ब्यांकले मुद्दती निक्षेप र बचत खाताबीचको ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी हुन नहुने गरी मौद्रिक नीति परीमार्जन गर्ने निर्णय गरेको राष्ट्र ब्यांकका प्रवक्ता भट्टले बताए। “चालु बर्ष २०७७-७८को पहिलो त्रैमासको मौद्रिक नीति समीक्षा गर्दै बचतको व्याज धेरै घट्न नदिने नीति लिने निर्णय गरेको हो”, उनले भने, “मुद्दतिको नौ प्रतिशत बार्षिक व्याजदर भयो भने बचतको दुई प्रतिशत दिने गरिएको छ। अब यसमा पाँच प्रतिशत विन्दूले मात्रै कम हुन पाउने व्यवस्था गर्ने निर्णय भएको छ।”
राष्ट्र ब्यांकले कर्जाको व्याजदर घटाएर व्यावसायिक मनोबल बलियो बनाउने काम गरेको जानकारी दिएको छ। कोभिडले थलिएको अर्थतन्त्रलाई त्राण दिन राष्ट्र ब्यांकले मौद्रिक नीतिलाई परिमार्जन गरेर व्यवसायीमैत्री बनाएको पनि जानकारी दिएको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…