Categories: समाज

घरसँगै साह परिवारको सपना खरानी

सप्तरी। छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढगाउँपालिका बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षागराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामाडुबेको

दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋणलिएर जोहो गरेको नगद रु एक लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछियतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन्

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो मण्डलका अनुसारआनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा हुनुहुन्थ्यो अचानक घरमा आगलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो सङ्कटमा पर्नुभएको मण्डलले बताउनुभयो पीडितसाह भन्नहुन्छ, “आगलागीमा टाउको लुकाउने छानो रह्यो एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्नेभन्ने चिन्ता थपिएको साहलाई आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन घर गोठमा आगो लागेर खरानी भएको

आगो लागेपछि स्थानीय प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उहाँको घर भने खरानी भएको छोराछोरीलाई उच्च शिक्षादिलाउने धोको घरसँगै खरानी भएको साहले बताउनुभयो पीडित परिवारको वेदना सुनेर छिमेकीले तत्कालका लागि खाने व्यवस्थागरेका छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago