व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने

गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित दोस्रो वार्षिक साधारणसभामा कोरोनाका कारणतहसनहस बनेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु अहिलेको आवश्यकता भएकामा जोड दिइएको

पर्यटन क्षेत्रलाई कोरोनाको महामारीले नराम्रोसँग प्रभावित बनाएको जनाउँदै कार्यक्रमका वक्ताहरुले सङ्कटमा परेको पर्यटनव्यवसायलाई सरकार तथा निजी क्षेत्र सबैको साथ सहयोगमा बचाउनुपर्ने धारणा राख्नुभयो

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९२०२२ का संयोजक जुद्धबहादुर गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशको पर्यटनमा दैनिक रु१३ करोड घाटा व्यहोर्नुपरेको बताउनुभयो धराशायी व्यवसायलाई जोगाउन प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई चाँडैकार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटक सवारीको आयु २० वर्ष निर्धारणगरिनु व्यावहारिक नभएको तर्क गर्दै राम्रो व्यवस्थापन एवं हेरविचार गरी सञ्चालनमा आएका सवारी साधन ३०३५ वर्षसम्म पनि राम्रोअवस्थामा रहने दाबी गर्नुभयो पर्यटन बजार खुले पनि अझै पर्यटकीयस्थल नखोलिनु व्यावहारिक नभएको बताउँदै अध्यक्ष गुरुङलेसङ्घले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ यही मङ्सिर २२ गतेदेखि स्याङ्जा, पाल्पा, बुटवल, नवलपुर, चितवनलगायत स्थानमा प्रवद्र्धनात्मक भ्रमण गर्न लागेको जानकारी दिनुभयो

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष रामहरि शर्माले सरकारले कोरोनाका कारण समस्यामा परेकाव्यवसायीलाई टिकाउने खालका कार्यक्रम ल्याउनुपर्ने तथा मौद्रिक नीतिले साना तथा मझौला व्यवसायीलाई समेट्नुपर्ने भनाइ राख्नुभयो

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुरभट्टराईलगायतले कोरोना कहरसँगै पोखरासहित समग्र देशकै तहसनहस पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने आवश्यकतामा जोडदिनुभयो पोखरामा पर्यटन यातायात समितिका नाममा विसं २०५७ मा सातजना व्यवसायी मिलेर सङ्गठित बन्दै गएको संस्था हालनेपाल पर्यटक यातायात व्यवसायी सङ्घका नाममा रहेको यसमा ८६ व्यवसायी आबद्ध भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो    

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago