Categories: समाज

फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

डोटी। जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको सोही गाउँपालिकाकी १२ वर्षीयाबालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमाराखेको थियो गए राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीकोनेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टिभएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो उनले बिहीबार राति करिब ११ बजेकोसमयमा अस्पतालको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षकजनकराज पाण्डेयले बताउनुभयो उहाँले भन्नुभयो, “बोहरा शौचालयको भेन्टिलेसन फुटाएर भागेछ, हामीले भागेदेखि नै खोजीकार्यजारी गरेका थियौँ, सानागाउँको जङ्गलमा लुकेको अवस्थामा आज उनलाई पक्राउ गरेका छौँ पक्राउ परेका फरार अभियुक्तबोहरालाई अब जिल्ला अस्पतालमा राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी प्रमुख पाण्डेयले जानकारी दिनुभयो

आइसोलेसनबाट हत्या अभियोगी बोहरा फरार भएपछि उनको सुरक्षाका लागि त्यहाँ खटिएका तीना जना प्रहरीलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या अभियोगीबोहराको सुरक्षामा अस्पतालको आइसोलेसनमा खटिएका सबै प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताउनुभयो उहाँले भन्नुभयो, “बोहराको सुरक्षाका लागि खटिएका प्रहरीको सुरक्षा जिम्मेवारीमा कही कमीकमजोरी तथा लापर्वाही भएको देखियो, सबैलाई निलम्बनगरी घटनासम्बन्धी आवश्यक छानबिन हुनेछ

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बझाङको मष्टागाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका बोहोरालाई उमेर कम भएका कारणपुर्पक्षका लागि जिल्ला बालसुधार केन्द्र डोटीमा पठाइएको थियो पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिनपहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसहित अन्य चारजनालाई बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमाभर्ना गरिएको थियो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago