फोटो फाईल
काठमाडौं – बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरससविरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि अनुमोदनगरेको छ । बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको हो ।
योसँगै बेलायत सबैका लागि खोप प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ ।
बीबीसीले जनाएअनुसार यो खोप ९५ प्रतिशतसम्म सुरक्षित छ । र, यो खोप आगामी हप्तादेखि नै उच्च प्राथमिकतामा परेकाव्यक्तिहरूलाई लगाउन थालिनेछ ।
बेलायतले यो खोपको चार करोड डोज मगाइसकेको छ । कम्पनीले जोखिममा परेका संक्रमितका लागि शुरुमा १ करोड खोप उपलब्धगराउने र केही दिनमा थप डोज दिनेछ ।
फाइजर र वायोटेकले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेका छन् । खोप विकास भए पनि विश्वभर पुग्न समय लाग्नेभएकाले विशेषज्ञहरूले कोरोना भाइरसबाट जोगिन उचित ख्याल गर्न आग्रह गरेका छन् ।
यो खोपको प्रयोगसँगै मानिसहरू रोगसँग लड्न सक्ने दाबी गरिएको छ । यो खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डारण गरेरराख्नुपर्ने हुन्छ । खोप राख्न तयार पारिएका विशेष बाकसहरूमा यसलाई ५ दिनसम्म राख्न सकिन्छ । अति चिसो चापक्रममा राख्नुपर्नेभएकाले विकाशोन्मुख राष्ट्रमा यसको भण्डारणमा समस्या पर्ने आँकलन गरिएको छ ।
शुरुमा यो खोप बेलायतमा फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, उच्च हेरचाह गर्नुपर्ने कर्मचारी, सामाजिक हेरचाहकर्मी तथा ८० वर्षभन्दाबढी उमेरका व्यक्तिहरूलाई दिइनेछ ।
यो खोप सन् २०२१ को सुरुवातसम्म सबैलाई पुर्याउन लक्ष्य लिइएको छ । यो दुई डोजमा इन्जेक्सनको रूपमा दिइन्छ । २१ दिनकोफरकमा दोस्रो खुराक दिइन्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…