सुदूरपश्चिम। धनगढी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेकाआठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।
जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयकाप्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– १० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित राना रहेका छन् । गएको कात्तिक १ गतेरातिको समयमा सीमा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रसनी गोविन्द विक र प्रज रामबहादुर साउदकोहत्या गरिएको थियो । बेपत्ता प्रहरीको खोजी गर्दै जाँदा जुगेडा नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा हत्या गरिएकोअवस्थामा दुवै जनाको शव फेला परेको थियो । सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएकोथियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…