नेपालको मौलिक संस्कृतिमा रमाऔ ।

धिरेन्द्र चन्द सोडारी , काठमाडौं , (जरो किलो महाअभियानका अभियान्ता) । प्रेम दिवस वा प्रणय दिवस १४ फेब्रअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । संसारमा सबैभन्दा धेरै परिभाषित हुन नसकेको शब्द् सायद प्रेम हुनुसक्छ् । प्रेम देखासिकि होकी आकर्षण हो भन्नु धेरै गाह्रो छ् । प्रेम भावनासँग सम्बन्धि कुरा हो उसलाई अनेक प्रतिक र बिम्बमा अभिव्यक्त गरेको पाइन्छ् ।

 तत्कालीन रोमन सम्राट क्लाउडियस द्धितीयले युवा प्रेम र विहाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भनेका छन् । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरु त्यार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७०को फेब्रअरी १४ मा मृत्यदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउनु थालिएको हो ।

आजभोली धेरै चर्चामा नेपालको मौलिक आफ्नै मौलिक प्रेम दिवस अथवा मतिना (माया) पारुको कथा गरेको पाइन्छ् । मतिना पारु, लोकप्रिय चाड यःमरि पुन्हिको भोली पल्ट पर्दछ् । पुन्हि भन्नाले नेपाल भाषामा पूर्णिमा भनेझैँ, त्यसको भोली पल्ट, पारु भन्नाले प्रतिपदा बुझिन्छ । आज कता कता हामी पाश्चात्य संस्कृतिमा रमाइरहेका छौं । अङग्रेजी नयाँ वर्ष, क्रिसमस डे, हेल्लो–इन, इस्टर र भ्यालेन्टाइन जस्ता पर्वहरुमा दिन प्रतिदिन बिदेशी सस्कृति माथी यूवाहरु आकर्षित भएका छन् । आज प्रेम दिवसको नाम कतिका घरबार भएका छन् भने कतिका घरबार उजाडिएका छन् । 

सिमित आफ्ना इच्छाहरु पुरा गर्न वा स्वार्थको लागि प्रेमको नाटक पनि गरिरहेका देख्नु पाइन्छ् । भ्यालेन्टाइन डे को नाममा दिन प्रतिदिन विकृति भइरहेको छ् । हाम्रो आफ्नै रितिरिवाज, धर्म, संस्कार र संस्कृति छन् । त्यसमा सम्पन्न र समृद्धि छौं । त्यस्तो अवस्थामा हामीले पाश्चात्य संस्कृतिबाट कुनै धर्म र संस्कृति संस्कार आयात गर्न आवश्यक छैन् । आयात गरिएको धर्म संस्कृति अपनाएर व्यक्ति विशेष र समुदाय विशेषले गर्व गर्न सक्छन्, लाभ लिनु सक्छन्, तर त्यो राष्ट्र र राष्ट्रियताको लागि कदापि हितकार हुँदैन् ।

प्रतिमान बदल्ने समय आएको छ् । किन यी बिदेशी धर्म संस्कृति आवश्यकता बने र शिवरात्री, होली, माघि, गौरा पर्व, जनै पुर्णिमा, छँठ, ल्योसार, जितिया र तिज जस्ता मौलिक धर्म संस्कृति विकृति बन्नु आज सबैले बुझ्नु आवश्यक छ् । अबको युग वैज्ञानिक सत्ययुग हो । हाम्रा मौलिक धर्म संस्कृतिहरुको व्यापक प्रचार–प्रसार गरेर आफ्नै मौलिक पर्वको संरक्षण गरौं ।यो युग हाम्रो हो अघि बढौं । नेपाल मातरम् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago