रानी महलको प्रर्यटन र बेमौसमी खाध्यान्न खेती मा युवाको चासो

पाल्पा , २७ माघ ।  नव युवा अभियन्ता २०१८ नवपाइला र सूर्यमुखी समूहको रिपोर्ट प्रस्तुतीकरण तथा नीति संवाद कार्यक्रमका तानसेनमा सम्पन भएको छ ।

कार्यक्रम बारे प्रकाश पार्दै दायित्व कार्यक्रमकी अधिकृत नतासा काफ्लेले नेपालकायुवा समुह बिदेश पलायन हुने क्रम होत्तै बढेको अवस्थामा नेपालमै केही गर्नेगरि दायित्व कार्यक्रमले नौलो अभियान थालनी गरेको बताउदै नेपालमै युवालाईरोजगारी सृजना गर्दै अघिबढ्ने मुल उदेश्य रहेको बताइन । 

नव युवा अभियन्ता २०१८ का नवपाइला र सूर्यमुखी समूहमा आवद्ध ५, ५ जना युवाहरुले १ सय दिने अभियान चलाएका थिए । नवपाइला समूहले रानीमहलको पर्यटन प्रवर्धन र सूर्यमुखी समूहले बगनासकाली ८ बराङ्दीमा बेमौसमी मकैको सम्भाब्यताबारे अध्ययन गरेको हो । दुबै समूहले आफूहरुको अभियानको सफलता र प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । 

नवपाइलाका मुनेशरत्न गुभाजु र सूर्यमुखीका बिनोद भारतीले समूहगत प्रस्तुती राखेका थिए । प्रतिवेदनमाथि होम स्टे ब्यवसायी धनिश्वर बस्याल, पर्यटनकर्मी मनमोहन श्रेष्ठ, राजेन्द्रगोपाल सिंह, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरि रायमाझी लगायतले सुझाव समेत दिएका थिए ।अभियानसितदायित्व युवा अभियन्ताहरुले पाल्पा जिल्लामा संचालन गरेको १ सय दिने अभियानको रिपोर्ट प्रस्तुतीकरण तथा नीति संवाद कार्यक्रमका अतिथिहरुलाई आयोजकले ब्याजको रुपमा पिपलको पात लगाइदिए । पिपलको पातमा टिपेक्सले रानी महलको प्रर्यटन र बेमौसमी खाध्यान्न खेती मा युवाको चासो तिपेक्सले सभाअध्यक्ष , प्रमुख अतिथि, अतिथि लेखिएको थियो । 

खादा र महंगो ब्याजको खासै अर्थ नहुने भन्दै  आयोजकले खर्च मित्व्यीता अपनाएको बताए। कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाकी उपमयेर लक्ष्मी पाठक, बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामी, दायित्व अभियानका कार्यकारी निर्देशक डा. पुकार मल्ल, तानसेन नगरपालिकाका ६ का अध्यक्ष सागरमान महर्जन, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरे, पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष हरिकृष्ण कार्की, इनोभेषन एक्सन पाल्पाका कोषाध्यक्ष ध्रुव भण्डारी,यज्ञमुर्ति तिमिल्सेना  लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम नवपाइला समूहका संयोजक एन्जिना खनालको अध्यक्षता र सूर्यमुखी समूहका अर्थ संयोजक तुल्सी गैरेको संचालनमा चलेको थियो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago