पाल्पा , २७ माघ । पुस्तक दिबसको अबसरमा नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेन पाल्पाका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका सामग्री बितरण गरेको छ।
कार्यक्रममा ८१ थान पुस्तक २ थान बल २ थान चेस २ थान लुडो १ सेट ब्याट्मिन्टन र एक दर्जन कक बितरण गरिएको थियो। बितरण समारोहमा कार्यलय प्रमुख भक्तीसरा रानाले अन्य संघ संस्थामा सहयोगको लागि आग्रह गर्दा पनि पुस्तक सहयोग पाउन नसकेको तर पुस्तक ब्यबसायीहरुले अकस्मात गरेको सहयोगले आफू र आफ्नो कार्यालय निकै खुसी रहेको र सहयोग गर्ने महासंघलाई धन्यवाद दिनुभएको थियो ।
बि .स १९८३ सालमा स्थापना भएको कारागारमा ५६ जना महिला २ जना बालबालिका र २३३ जना पुरुष बन्दी रहेका छन। पुस्तक ब्यबसायी महासंघ पाँच नम्बर प्रदेशका कोषाध्यक्ष कमलराज तिमिल्सिनाले कार्यक्रमको बारेमा स्पष्ट पर्नु भएको थियो । जिल्ला शाखा सल्लाहकार नरेसचन्द्र भट्टराईले आगामी बर्ष पनि यो सहयोगलाई निरन्तरता दिने जानकारी गराउनु भयो ।
जिल्ला शाखा अध्यक्ष किसोर भट्टराईले अन्य पुस्तकहरु माग आए आफुहरु सहयोग गर्न जति बेला पनि तयार रहेको बताउनुभयो ।
बन्दीको तर्फबाट राजु आचार्य र आशा दाहालले सधैको उपयोगी हुने पुस्तक आफुहरु को साथी जस्तै रहने धारण व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला शाखा अध्यक्ष किसोर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…