स्थापना दिवस मनाउदै जरोकिलो महाअभियान

भविन्द्र गौतम, २७ माघ । वैज्ञानिक सत्ययुगको लक्ष्य लिएर स्थापना भएको जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले आफ्नो स्थापना दिवस आज मनाउदैछ । श्रीपञ्चमीका दिनमा “वैज्ञानिक सत्ययुग” को लक्ष्यसहित स्थापना भएको एक महाअभियान हो जरो र किलो ।

विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध लाई आधार मानि तीन वर्ष पहिले, आजकै तिथिमा, विधिपूर्वक संकल्प लिई सार्वजनिक आह्वान गरिएको जरो किलो महाअभियानको संकल्प दिवस आज नेपालमा मेचीदेखि महाकाली सम्म एवं संसारका विभिन्न देशहरुमा समेत मनाइँदैछ । मात्रात्मक र गुणात्मक दुवैथरी उपलब्धि लाई अङाल्दै स्वक्रियात्मक पद्धतिबाट अगाडि बढ्नका लागि साधनाको दिव्य अवसर यो संकल्प दिवसले दिनेछ । सबै सहृदयजनको दिव्य कर्मको कारणले कम समयमै जरो किलो महाअभियान ठूलो जनसमुदायको आशिर्वादको पात्र एवं आशा, अपेक्षा, विश्वासको केन्द्र बनेको भन्दै संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले सबै सहृदयी जनसमुदाय लाई यो महाअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाले सर्वे भवन्तु सुखिनः भन्ने आदर्शलाई व्यवहारतः लागू गर्ने वैज्ञानिक सत्ययुगको लक्ष्यमा कृतसंकल्पितछौँ भन्दै यो अभियान सफल हुने बताउनुभयो । 

सन्कल्प दिवसको अवसरमा शनिबार प्रतिस्ठानको केन्द्रिय कार्यालयमा केन्द्रिय समितिको सत्संग बोलाइ  सातै प्रदेशका प्रदेश संयोजकहरूबाट आफ्ना देशभक्ति र सेवाका प्रतिवेदन प्रस्तुत गरीएको थियो । आगामी दिनका मौलिक रैथाने शक्तिका नयाँ कार्यक्रमवारे केन्द्रको ध्यानाकर्षण पनि गराईएको थियो। सत्संगमा मौलिक रैथाने शक्तिका अध्यक्ष सुशिल गौतमले देश सेवाको प्रतिवेदन र महासचिव लिला बहादुर बानियाँले मौलिक रैथाने शक्तिको सांगठनिक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सन्कल्प दिवसको विशेष कार्यक्रम माघ २७ गते बिहान ११ बजे काठमाडौ मा हुने प्रतिस्ठानले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago