सामसुङको ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण भोली अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा उपलब्ध हुने भएको छ।
दक्षिण कोरिया भने व्यवसायिक मोबाइल नेटवर्कमा सन् २०१८ को डिसेम्बर १ देखि नै फाइभ जी नेटवर्क उपलब्ध छ । साथै पहिलो चरणमा घरेलु बजारमा पठाएसँगै सामसुङले यो वर्षभरमा विश्वभर नै फाइभ जी नेटवर्कयुक्त ग्यालेक्सी एस १० उपलब्ध गराउने बताएको छ ।
यो स्मार्टफोनमा ६.७ इन्चको क्वाड एचडी प्लस कब्र्ड डाइनामिक एमोलेड स्क्रिन रहेको छ ।ग्यालेक्सी टेन फाइभ जीमा ८ जिबी र्याम छ भने २५६ जिबी र ५१२ जिबी गरी दुईवटा स्टोरेज अप्सनमा उपलब्ध छ ।यो स्मार्टफोनमा रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको टेलिफोटो लेन्सयुक्त क्यामरा रहेको छ ।त्यस्तै १२ मेगापिक्सेलको सुपर स्पीड डुअल पिक्सेल वाइड एंगल लेन्स र अर्को १६ मेगापिक्सेल अल्ट्रा वाइड लेन्सयुक्त क्यामरा रहेको छ । यसमा एन्ड्रोइड नाइन पाइ अपरेटिंग सिस्टम रहेको छ ।त्यस्तै १० मेगापिक्सेलको डुअल पिक्सेल सेल्फी क्यामरा रहेको छ ।
यो स्मार्टफोनले एनएफसी पेमेन्ट सपोर्ट गर्नुका साथै सेक्योरिटीका रुपमा फेस र फिंगरप्रिन्ट सेन्सर दुबै बायोमेट्रिक सेन्सर रहेको छ ।
यो फोनमा ४५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यसमा फास्ट वायरलेस चार्जिंग टू प्रविधि रहेको छ ।
काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…
काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…
जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…
प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…