भविन्द्र गौतम १९ चैत्र, पाल्पा , बिजुली सर्ट भइ कपास उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ । पाल्पाको तानसेन ७ काजिपौवा रहेको भगवती कपास उध्योगमा बिजुली सर्ट भइ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार ३ जना कामदार काम गरिरहेको अवस्थामा उक्त घटना घटेको भएता पनि कुनै मानवीय क्षति भएको छैन । आगलागीका कारण करिब १६ लाख बराबरको मेसिन औजार, माल सामान जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक अजयप्रसाद चौधरीले जानकारी दिए ।
आगलागी हुनासाथ स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।पानी नभएको दमकल : तानसेन नगरपालिकाको मातहतमा रहेको अत्यावस्यक सुरक्षा साधन साइरन बजाउदै आगो लागेको ठाउमा पुगेको दमकलमा पानी नै थिएन । आगो लाग्नासाथ खबर गर्दा पनि नगरपालिका कार्यालय बाट ४ किलोमीटर टाढा रहेको ठाउँमा पुग्न झन्दै एक घन्टा लागेको थियो । ५५ सय लिटर क्षेमताको दमकलमा करिब दुइसय लिटर पानी पनि नलिइ पुग्दा स्थानीयको अगाडि रमिते बन्यो । आगो निभाउन पुगेका हरि थापा भन्छन “नजिकै भएर पनि धेरै ढिला आउनु र दमकलमा पानी नै नहुदा धेरै क्षेती भयो समयमै पानी लिएर आएको भए धेरै क्षेती हुनबाट जोगिने थियो” ।
आगोलागी जुन्सुकै बेला पनि हुन सक्छ अत्यावश्यक सुरक्षा साधन लाई दक्ष प्राबिधिक सहित चुस्त अवस्थामा राख्न आवस्यक छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…