झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३,६३१ मतसहित निर्वाचित। एमालेका लालप्रसाद साँवा लिम्बू दोस्रो र कांग्रेसका देउकुमार थेबे तेस्रो।

झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल दोस्रो प्रयासमा सांसद निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका ढकाल यसपटक ४३ हजार ६३१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए।

त्यसैगरी नेपाली कांग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ मत ल्याउँदा राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत मात्र प्राप्त गरे।

अघिल्लो निर्वाचनमा ढकालले १४ हजार ६९ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भएका थिए। त्यसबेला साँवा २९ हजार ३१५ मतसहित विजयी भएका थिए भने कांग्रेसका थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका थिए।

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीसँग पराजित भएका साँवाले त्यसपछि लगातार दुई संसदीय निर्वाचन जितेका थिए। यसपटक ह्याट्रिक जितको दाउमा रहेका उनी ढकालसँग पराजित हुँदै रोकिएका छन्।

त्यस्तै नेपाली कांग्रेस झापाका जिल्ला सभापति समेत रहेका देउकुमार थेबेले लगातार तेस्रो पटक निर्वाचन हार व्यहोरेका छन्।

Sanjay poudyal

Recent Posts

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago

पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित दिपककुमार साह निर्वाचित

जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…

56 years ago