बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन उद्घाटन गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष रोशन सुवेदीले र बिर्तामोड वार्ड नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले क्राइटेरियन एजुकेशन फाउण्डेशनको लोगो आवरणको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले विद्यार्थीहरू पढेर आफ्नो ज्ञान सिप सिकेर सिकेका कुरालाई आफ्नै देशमा आएर प्रयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।कार्यक्रममा बोल्दै एक्यान झापाका अध्यक्ष रोशन सुवेदीले कन्सल्टेन्सीहरुले सही मार्ग निर्देशन गर्नुपर्ने बताए ।विद्यार्थीहरूलाई सही दिशामा मार्गदर्शन गर्नुहोला भन्दै क्राइटेरियन एजुकेशन फाउण्डेशनको प्रगतिको कामना गरे । राज मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा क्राइटेरियन एजुकेशन फाउण्डेशनका दुर्गा खड्काले स्वागत गरेका थिए ।

जापान, युके अस्ट्रेलिया, अमेरिका, लगायतका देशहरुमा रहेका विश्वविद्यालयमा अध्ययनका लागि जान चहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्धेश्यले बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालन गरिएको  छ ।

उक्त कार्यक्रम सञ्चालन बाप्पा शाहले गरेका थिए । कार्यक्रममा विभिन्न कन्सल्टेन्सीका प्रतिनिधि तथा विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

फोटो फिचर

 

Sanjay poudyal

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago