मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद सम्हाल्नुभएको छ। मंगलबार आयोजित विशेष कार्यक्रममा निवर्तमान अध्यक्ष पुनम ओडारीले नव निर्वाचित अध्यक्ष ओलीलाई पद हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रम झापा शाखा कार्यालयमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले समाजसेवामा निरन्तर अग्रसर मञ्जुश्री केन्द्रको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो। उहाँले आवश्यकता अनुसार आमा समूह र केन्द्रबीच सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो।

निवर्तमान अध्यक्ष पुनम ओडारीले केन्द्रले अहिलेसम्म अशाहाय, हिंसापीडित तथा समस्यामा परेका महिलाहरूको अभिभावकको भूमिका निर्वाह गर्दै आएको स्मरण गर्नुभयो। टुटेका घरहरूलाई फेरि जोड्न केन्द्रले खेलेको भूमिकालाई उहाँले भावुकतापूर्वक प्रस्तुत गर्नुभयो।

नव निर्वाचित अध्यक्ष मञ्जु ओलीले संस्थाको मूल उद्देश्यप्रति प्रतिबद्ध रहँदै, सम्पूर्ण सदस्यहरूको साथ र सहकार्यमा केन्द्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “मञ्जुश्री वेसाहारा नागरिकको संरक्षण गर्दै समाजमा मेलमिलाप र रुपान्तरणको बाटोमा अघि बढिरहेको संस्था हो।”

कार्यक्रम मञ्जु ओलीकै अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव समिरा बजगाईंले गर्नुभएको थियो।


Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago