बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड नगरपालिका–१ स्थित घरमा झुन्डिएको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

५२ वर्षीय बस्नेत समाजसेवा, व्यवसाय, र संस्थागत नेतृत्वमा लामो समयदेखि सक्रिय थिए। उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज, र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत रहेका थिए।

उनको योगदान केवल खेलकुद वा सामाजिक संस्थासम्म सीमित थिएन। उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, ‘एकका लागि एक’ अभियानका सहसंयोजक, समाज झापाका अध्यक्ष, र सयपत्री ट्रेड लिंकलगायत थुप्रै व्यवसायिक प्रतिष्ठानका सञ्चालकसमेत थिए।

प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरिसकेको छ। प्रारम्भिक विवरण अनुसार घटना आत्महत्या हुन सक्ने आशंका गरिएको छ, तर वास्तविक कारण पत्ता लगाउन गहन अनुसन्धान जारी रहेको जनाइएको छ।

उनको असामयिक निधनले झापा मात्र होइन, सम्पूर्ण प्रदेश–१ को सामाजिक र व्यवसायिक क्षेत्र स्तब्ध बनेको छ। स्थानीयबासी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शोक व्यक्त गर्दै उनको योगदानको उच्च मूल्यांकन गरेका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago