“गुल्मेली गायक रामचन्द्र चन्दको उपचार सहयोगार्थ विशेष साङ्गीतिक साँझ असोज १४ गते जमलमा हुँदै”

काठमाडौँ । गुल्मेली गायक रामचन्द्र चन्दको उपचार सहयोगार्थ विशेष साङ्गीतिक साँझ असोज १४ गते साँझ राष्ट्रिय नाचघर, जमलमा आयोजना हुँदैछ। ग्रीन सिटी हस्पिटलको प्रायोजन तथा गुल्मी कलाकार समाजको आयोजनामा यो साँझलाई विजया दशमीको शुभकामनासहित प्रस्तुत गरिएको छ, जसको नारा ‘रोग बाँड्न सकिन्न, दुख बाँड्न सकिन्छ’ रहेको छ।

गुल्मी कलाकार समाजकी अध्यक्ष मञ्जु पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा साङ्गीतिक साँझको उद्देश्य गायक चन्दको उपचारमा सहयोग जुटाउन रहेको जानकारी दिइन्। वरिष्ठ लोक गायक बम बहादुर कार्कीले पनि कलाकारको उपचारका लागि कलाकारहरूले नै साथ दिनु पर्ने बताउँदै, यो कार्यक्रम चन्दा संकलनको लागि नभएको भन्दै सहभागीहरूलाई अप्ठ्यारो नमान्न आग्रह गरे।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले कलाकार र सञ्चारकर्मी एकअर्काका परिपूरक भएकाले साँझ सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। पत्रकार टंक पन्तले पनि सहयोगी मनहरूलाई कार्यक्रममा सहभागी भई गायक चन्दको उपचारमा सहयोग गर्न आग्रह गरे।

गायक रामचन्द्र चन्दले पनि आफ्नो उपचारका लागि गरिएको यो पहललाई ऐक्यबद्धता जनाउँदै, साङ्गीतिक साँझको आयोजनाले उनको सपना पूरा गर्न सहयोग पुर्‍याउने बताए। कोरोना महामारीको समयमा खुट्टामा समस्या देखिएपछि उनी स्टेज कार्यक्रममा उपस्थित हुन पाएका थिएनन्। अप्रेसनपछि लामो समयसम्म आराम गर्नुपर्ने भएकाले, सहयोग जुटाउन यो कार्यक्रमको आयोजना गरिएको हो।

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङमा जन्मिएका गायक चन्द १८ वर्षदेखि लोक दोहोरी क्षेत्रमा सक्रिय छन्। ‘माया सारै छ’बाट गायनमा डेब्यू गरेका उनले ‘गुल्मीको शान’, ‘भिरमा रुँदै छु’, ‘धोको फेरम्ला’, ‘मुटु गाँठो’, ‘सूर्यमुखी फुल’, ‘तीन फर्के डोरी’ लगायतका एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्।

साङ्गीतिक साँझमा चन्दले आफ्ना लोकप्रिय गीतहरू लाइभ प्रस्तुत गर्नेछन्, जसमा उनलाई लोक गायिकाहरू लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, टिका पुन, शान्ति श्री परियार, टिका प्रसाईँ, जमुना राना, कमला पोखरेलले साथ दिनेछन्। समाजका प्रवक्ता तुलसिंह रनपछाईका अनुसार, यो साँझलाई सफल बनाउन व्यक्ति तथा संस्थागत सहयोग जुटाइएको छ। प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रमलाई व्यापक जनसमर्थन जुटाउने प्रयास भइरहेको छ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago