वीरता जेसिजद्वारा एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड, वीरता जेसिजले बिर्तामोड नगरपालिकाका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू र आफ्ना सदस्यहरूका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम प्रदान गरेको छ। कार्यक्रम बाल्मिकी एजुकेशन फाउन्डेसनको सभाहलमा सम्पन्न भएको थियो।

तालिमको प्रमुख प्रशिक्षक कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रुपेश श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सन १९८९ का वीरता जेसिजका अध्यक्ष जेसी राजकुमार पोख्रेल ज्यू उपस्थित हुनुहुन्थ्यो। वीरता जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकास बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसिजका पूर्व अध्यक्ष जेसी एकराज गिरी, एमिटी कलेजका प्रिन्सिपल राधाकृष्ण ढकाल, नेकपा एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराई, वीरता लेडीकी अध्यक्ष मेनुका ओली, र अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तालिम निर्देशनको जिम्मेवारी वर्ष २०२४ का तालिम निर्देशक जेसी वाप्पा साहले निर्वाह गर्नुभएको थियो। कार्यक्रममा जनसम्पर्क अधिकारी जेसी राज मुखियाले जेसिजको आस्थामाथि प्रकाश पार्नुभयो। उपाध्यक्ष जेसी सुशील थापाले मिशन र भिजन वाचन गर्नुभएको थियो भने कार्यकारी उपाध्यक्ष लोकचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका पार्टनरहरू: इन्सुरेन्स पार्टनर: नेको इन्सुरेन्स, एजुकेशन पार्टनर: बाल्मिकी लिंकन, सर्टिङ सुटिङ पार्टनर: न्यु सर्गम, आईटी पार्टनर: पा लिडिङ्ग रहेका थिए

कार्यक्रमको सञ्चालन महासचिव जेसी सुमन पोद्दारले गर्नुभएको थियो। यो तालिमले सहभागीहरूलाई नेतृत्व कौशल र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

वीरता जेसिजद्वारा एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम बिर्तामोडमाका फोटो फिचर

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago