लुम्बिनी भारतीय नक्सामा समेटिएको विषय सरकारको नोटिसमा

काठमाडौँ – ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतले नेपाली भूमि लुम्बिनी आफ्नो नक्सामा समावेश गरेको विषय सरकारको नोटिसमा रहेको जनाएका छन्।

भारतको नयाँ संसद् भवनमा भित्ते चित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी रहेको सार्वजनिक भएको छ।

त्यसबारे संसदका विकास तथा प्रविधि समितिमा एमाले सांसद ठाकुर गैरेले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले त्यो विषय सरकारले नोटिसमा रहेका बताएका हुन्।

मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा छ। कुन प्रकृतिको हो बुझ्न आवश्यक छ।’

बुधबारदेखि हुने भारत भ्रमणको सन्दर्भमा यसबारे सरकारको धारणा माग गरेका थिए। गैरले समितिमा भनेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ।

भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ। यस सन्दर्भमा भ्रमणमा के भएको हो? सरकारको ध्यान पुगोस्।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago