कोशी प्रदेशः पक्षधर र प्रशासनसहितको सरोकारवाला बीच आन्दोलन शान्तिपूर्ण बनाउने समझदारी

मोरङ – कोशी प्रदेश खारेजीको माग गर्दै आएका पहिचान पक्षधर र प्रशासनसहितको सरोकारवाला निकायबीच आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार बसेको सर्वपक्षीय बैठकमा पहिचान पक्षधर, प्रशासन, सुरक्षा अधिकारी तथा सरोकारवाला निकायबीच आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएको हो।

बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले सर्वपक्षीय बैठकका क्रममा आइतबारको आन्दोलनमा प्रहरी नियन्त्रणमा परेका २६ जनालाई छाडिने सहमति बनेको बताए। बैठकमा प्रजिअ यादवले आन्दोलनले शान्ति सुरक्षामा आँच नआउने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए।

जिल्लाको शान्ति सुरक्षालाई कायम राख्न सबैले सहयोग गर्नुपर्ने बताएका प्रजिअ यादवले हिंस्रक घटनाक्रमले क्षति मात्र हुने उल्लेख गरे।

सोही क्रममा पहिचान पक्षधरतर्फबाट अर्जुन जम्नेली राईले प्रदेश नामाकरण खारेजी नहुञ्जेल प्रदेश राजधानी विराटनगरसँगै अन्य जिल्लामा आन्दोलन यथावत रहने बताएका थिए। पहिचान पक्षधरले घोषणा गरेको आम हड्ताल भने प्रहरी नियन्त्रणमा रहेकाहरु छुडेसँगै फिर्ता गरिएको उनले बताए।

आइतबार सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच झडप भएको थियो। यसक्रममा सुरक्षाकर्मी र आन्दोलन पक्षधरबाट ७० जनाभन्दा बढी घाइते भएका थिए। आइतबारको घटनामा प्रहरीले ८६ जनलाई नियन्त्रणमा लिएको थियो। जसमध्ये ६० जना आन्दोलनकारीलाई प्रहरीले सोमबार छाडेको थियो। प्रहरीले बाँकी २६ जनालाई मुद्दा लगाउने तयारी गरिरहँदा सर्वपक्षीय बैठकमा सहमति बनेको हो।

प्रहरीले हाल उनीहरुलाई छाडिसकेको जनाएको छ। सुरक्षाकर्मीसँगको झडपका क्रममा देवकोटा चौकपूर्वमा रहेको स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको थियो। जहाँ करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको बताइएको छ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago