बिर्तामोड साना शहरी खानेपानी मेघराजको लोकतान्त्रिक राष्ट्रवादी प्यानल निर्वाचित

बिर्तामोड। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मेघराज बास्तोला नेतृत्वको सिंगो लोकतान्त्रिक राष्ट्रवादी प्यानल भारी मतान्तरले विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् ।

बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले मात्र ८७३ मत पाएका छन् ।त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ।

उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ ,कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत ल्याइ निर्वाचित भएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago