भद्रपुर सडकखण्डको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी भेटिएपछि पेट्रोलपम्पमा सिल

बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत धौला पुलनजिक रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी भेटिएपछि पेट्रोलपम्पमा सिल गरिएको छ ।

आज नेपाल आयल निगम चारआलीका प्रमुख भिम विश्वकर्मा ,जिल्ला प्रशासन कार्यालयका यदुनन्दन दाहाल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , गुणस्तर तथा नापतौल कार्यालयका विजयानन्द चौधरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बू , हवाई डीपो चन्द्रगढीका कपिलदेव शाह, मेची पेट्रोलियम डिलर एशोसिएसनका नवीन कोइरालाको रोहवरमा पेट्रोलपम्पमा सिल गरिएको हो ।

पेट्रोलमा भएको मिसावटका बारेमा छानबिन गर्ने र संचालकले पेट्रोलको ट्यांकी मर्मत संभार नगरेसम्मका लागि सो पम्पबाट पेट्रोल बिक्रीवतरण बन्द गराइएको बिर्तामोड ३ का वडाध्यक्ष बुढाथोकीले बताए । उनले सरोकारवाला निकायका प्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी पम्प सिल गरिएको जानकारी दिए ।

त्यस्तै पानी भएको पेट्रोल हाल्दा क्षति पुगेको सवारीसाधनका धनीलाई क्षतिपूर्ति दिने पनि सहमति गराएको उनले जानकारी दिए । पेट्रोलमा मिसावट भेटिएपछि आफूहरु पम्प पूर्णरुपमा बन्द गराउन गएकोमा पम्प संचालक प्रकाश सरियाले पेट्रोलको अन्डरग्राउन्ड ट्यांकीमा लिकेज भएर बर्खाको पानी छिरेको भनेपछि मर्मतसुधार नगरेसम्मका लागि हाललाई बिक्रीवितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका यदुनन्दन दाहालले बताए ।

मर्मत सुधार गरिसकेपछि तिनै प्रतिनिधिले अवलोकन गरी स्वीकृति दिएपछि मात्र पम्प संचालन हुने उनले जानकारी दिए ।

त्यस पम्पबाट पानी भएको पेट्रोल हाल्दा अहिलेसम्म १६ वटा सवारीसाधनमा क्षति पुगेको सवारी धनीले टिपाएका छन् । त्यसमध्ये दुईवटा मोटरसाइकल र दुईवटा अटोलाई आज क्षतिपूर्ति दिएको पम्प संचालक सरियाले जानकारी दिए ।

उनले आफूले नियतवश मिसावट नगरी ट्यांकीमा पानी छिरेको बताए । पम्पहरुमा त्यस किसिमको कमजोरी हुने गरेको उनले दावी गरे ।

अधिकांश उपभोक्ताले पेट्रोलमा पानी मिसावट गरेको आरोप लगाएका छन् । बिर्तामोड–३ का डम्बर बस्नेतले ३ दिनअघि सो पम्पमा तेल हालेका थिए ।

१ हजारको तेल हालेर पम्प बाहिर निस्किएका बस्नेतको मोटरसाइकलको ब्याट्रीमा समस्या आएको उनले सुनाए । उनले परिमाणमा समेत पम्पले ठगी गर्ने गरेको गुनासो राखे ।

यस्तै, हल्दिवारीका देवनारायण चुडालले पैसा तिरे बराबरको तेल नपाइने गरेको बताए । बिर्तामोड–३ की शर्मिला लिम्बूको स्कुटर पम्प बाहिर पुग्नेवित्तिकै बन्द भएको सुनाइन् । कार्यालयबाट घर फर्किने क्रममा उनले ५ बजेतिर स्कुटरमा तेल हालेकी थिइन् । लिम्बूले भनिन्, ‘बाहिर पुग्नेवित्तिकै इञ्जिन बन्द भएपछि मिस्त्रीलाई बोलाउन खोज्दा पम्पका स्टाफले हतारहतार भित्र लगेर बनाइदिने भनेका थिए ।

बिर्तामोड–३ का सन्तोष पाठकको पनि उस्तै समस्या छ । आठ दिनअघि ३ हजारको तेल हालेदेखि गाडीमा समस्या आएको छ । गाडीको स्टार्ट बन्द हुने समस्या भएको पाठकले जानकारी दिए । उनले पम्प लगेर गाडी छोडिदिने र समस्याको पहिचान नभएसम्म गाडी फिर्ता नलिने चेतावनी दिएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago