कोशी प्रदेशः पक्षधर र प्रशासनसहितको सरोकारवाला बीच आन्दोलन शान्तिपूर्ण बनाउने समझदारी

मोरङ – कोशी प्रदेश खारेजीको माग गर्दै आएका पहिचान पक्षधर र प्रशासनसहितको सरोकारवाला निकायबीच आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार बसेको सर्वपक्षीय बैठकमा पहिचान पक्षधर, प्रशासन, सुरक्षा अधिकारी तथा सरोकारवाला निकायबीच आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएको हो।

बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले सर्वपक्षीय बैठकका क्रममा आइतबारको आन्दोलनमा प्रहरी नियन्त्रणमा परेका २६ जनालाई छाडिने सहमति बनेको बताए। बैठकमा प्रजिअ यादवले आन्दोलनले शान्ति सुरक्षामा आँच नआउने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए।

जिल्लाको शान्ति सुरक्षालाई कायम राख्न सबैले सहयोग गर्नुपर्ने बताएका प्रजिअ यादवले हिंस्रक घटनाक्रमले क्षति मात्र हुने उल्लेख गरे।

सोही क्रममा पहिचान पक्षधरतर्फबाट अर्जुन जम्नेली राईले प्रदेश नामाकरण खारेजी नहुञ्जेल प्रदेश राजधानी विराटनगरसँगै अन्य जिल्लामा आन्दोलन यथावत रहने बताएका थिए। पहिचान पक्षधरले घोषणा गरेको आम हड्ताल भने प्रहरी नियन्त्रणमा रहेकाहरु छुडेसँगै फिर्ता गरिएको उनले बताए।

आइतबार सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच झडप भएको थियो। यसक्रममा सुरक्षाकर्मी र आन्दोलन पक्षधरबाट ७० जनाभन्दा बढी घाइते भएका थिए। आइतबारको घटनामा प्रहरीले ८६ जनलाई नियन्त्रणमा लिएको थियो। जसमध्ये ६० जना आन्दोलनकारीलाई प्रहरीले सोमबार छाडेको थियो। प्रहरीले बाँकी २६ जनालाई मुद्दा लगाउने तयारी गरिरहँदा सर्वपक्षीय बैठकमा सहमति बनेको हो।

प्रहरीले हाल उनीहरुलाई छाडिसकेको जनाएको छ। सुरक्षाकर्मीसँगको झडपका क्रममा देवकोटा चौकपूर्वमा रहेको स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको थियो। जहाँ करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको बताइएको छ।

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago