बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ।
शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको नाम खुले पनि ठेगाना भने स्पष्ट खुलेको थिएन।
राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ। हाल उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ।
प्रदर्शनमा अचेत अवस्थामा भेटिएका राउतलाई इमाडोलस्थित किस्ट अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। राउतलाई गोली नलागेको अस्पतालले जनाएको छ। उनको छातीमा नीलडाम देखिएको थियो।
यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन्। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…