काठमाडौं । सीजी डिजिटलले नयाँ वर्ष २०२३ को अवसर पारेर आकर्ष किस्ता बन्दीको योजना सार्वजनिक गरेको छ । कम्पनीले शुन्य प्रतिशत किस्ता बन्दीमा एलजी, सीजी र बेको ब्रान्डका टिभी, रेफ्रिजेरेटर, वाशिङ मसिन, एयर कन्डिसनर लगायतका घरेलु उपकरण खरिद गर्न सकिने अफर ल्याएको हो ।
कम्पनीका अनुसार यसका लागि जगदम्बा क्रेडिटसँग साझेदारी गरिएको छ । यो अफर अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा कार्ड बिना र झन्झट रहित किसिमले घरेलु उपकरणहरू खरिद गर्न सक्नेछन् ।
यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखिएको छ । यो सहकार्य अन्तर्गत १२ महिने किस्ताबन्दी सुविधा पाउन सकिनेछ । किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने बताइएको छ ।
यो सुविधा अन्तर्गत ग्राहकले न्यूनतम अग्रिम लागतमा, शून्य प्रतिशत ब्याजदरमा उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरू खरिद गर्न सक्नेछन् । सीजी डिजिटलमा उपलब्ध तीन ओटै ब्रान्डका घरेलु उपकरणहरू विशेष छुट रकममा नै शून्य प्रतिशत ब्याजदर सहितको किस्ताबन्दी सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो सुविधा उपत्यकाभित्र रहेका सबै सीजी डिजिटल शोरुमहरूमा उपलब्ध हुनेछ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…