बालकुमारी झडपका मृतक राउतको दैलेख र शाहको घर अछाम

२०८०, १३ पुष शुक्रबार २१:०७

बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ।

शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको नाम खुले पनि  ठेगाना भने स्पष्ट खुलेको थिएन।

राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ। हाल उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ।

प्रदर्शनमा अचेत अवस्थामा भेटिएका राउतलाई इमाडोलस्थित किस्ट अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। राउतलाई गोली नलागेको अस्पतालले जनाएको छ। उनको छातीमा नीलडाम देखिएको थियो।

यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन्। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु