सुनचाँदीका गरगहना चोरी आरोपमा ७ जना पक्राउ

बुटवल – विभिन्न स्थानबाट सुनचाँदी चोरीका घटनामा संलग्न भएका ७ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

विभिन्न स्थानबाट सुनचाँदी चोरीका घटनामा संलग्न भएका उनीहरु बुटवल उपमहानगरपालिका वडा नम्बर ९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१९ बस्ने ३२ वर्षीय उत्तमप्रसाद यादव, वीरगञ्ज महानगरपालिका–२० बस्ने २० वर्षीय राकेशसिंह राठौर, सोही ठाउँका २० वर्षीय परिवर्तित नाम भैरहवा–२७, पर्साको पटेर्वा सुगौरी–४ बस्ने १९ वर्षीय सन्दीप राय, सोही ठाउँका ३२ वर्षीय राजेश राय नट र पर्साको पाकहर गाउँपालिका–९ बस्ने ३४ वर्षीय रामबहादुर राय रहेका छन्।

उनीहरुसँगबाट प्रहरीले सुनको सिक्री ४ थान, टुटेको सिक्री २४ क्यारेट सुन ८.०६ ग्राम, सादा सिक्री २४ क्यारेट सुन ११.३७ ग्राम, लकेटसहितको सादा सिक्री २४ क्यारेट सुन ९ ग्राम, चाँदीको सिक्री एक थान (३६.७४ ग्राम), ५६ हजार नगद, विभिन्न कम्पनीका मोबाइल ८ थान र बीआर–०५एस–०३४ नम्बरको भारतीय स्कार्पियो गाडी बरामद गरेको छ।

उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago