भद्रपुर नगरपालिकामा नगरको विकास सुस्ताउँदै गएको नगरबासीले गुनासो

भद्रपुर । भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर नगरको विकास सुस्ताउँदै गएको नगरबासीले गुनासो गर्न थालेका छन् ।

सेवाग्राहीको काम गर्ने जिम्मेवारी पाएका अधिकांस कर्मचारी अपारदर्शी शैलीमा आफ्नै तजविजका विभिन्न परियोजनामार्फत गोष्ठी सेमिनारको आयोजना गरी आफू–आफू नै भत्ता बाँडेर खाने गरेका छन् ।

कर्मचारीमा निर्भर भएर नगरको राजनीतिक नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीव्रता पाएर नगरपालिका कमाइ खाने भाँडो बन्दै गएको हो । कर्मचारी मात्र नभएर नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतलाई कार्यालयमा नगरबासीले भेट्न निकै सकस पर्ने गरेको छ । विषयगत कार्यालयमा काम गर्ने अधिकांस कर्मचारी आफ्नै व्यक्तिगत लाभका कार्यमा घुम्ने गरे पनि नियन्त्रण नहुँदा विकृति बढ्दै गएको नगरबासीको गुनासो आइरहेको छ । स्थानीयको गुनासो सुनुवाइ नहुँदा विकृति मौलाउने वातावरण बन्दै गएको छ ।

यस विषयमा जिज्ञासा राख्दा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी नगरपालिकाका कर्मचारी नियमित कार्यालयमा रहने गरेको बताए । उनले केही प्राविधिक कर्मचारी फिल्डको काममै रहे पनि अन्य कर्मचारी कार्यालयमा भेटिने समेत दावी गरेका छन् ।

जनगुनासो सम्बन्धमा नगर प्रमुख गणेश पोखरेल प्राविधिकबाहेकका कर्मचारीहरू कार्यालयमै बसेर सेवा प्रवाह गर्नु पर्ने दायित्व रहेकोले सो पालना गराउन लाग्ने बताउँछन् । उनले आफू नगरबासीकै काममा बाहिर जाने गरेको प्रष्ट पार्दै दिनमा एक पटक कार्यालय आउने गरेको बताए ।
योजना, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षालगायतका विषयगत कार्यालयबाट प्रवाह हुने सेवामा समेत नगरबासीले प्रश्न उठाउन थालेका छन् । कमिशन या अतिरिक्त लाभ दिन असहमत सेवाग्राहीले चाहेको सेवा नै पाउन कठिन हुने गरेको गुनासो बढिरहेको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago