सुनचाँदीका गरगहना चोरी आरोपमा ७ जना पक्राउ

बुटवल – विभिन्न स्थानबाट सुनचाँदी चोरीका घटनामा संलग्न भएका ७ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

विभिन्न स्थानबाट सुनचाँदी चोरीका घटनामा संलग्न भएका उनीहरु बुटवल उपमहानगरपालिका वडा नम्बर ९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१९ बस्ने ३२ वर्षीय उत्तमप्रसाद यादव, वीरगञ्ज महानगरपालिका–२० बस्ने २० वर्षीय राकेशसिंह राठौर, सोही ठाउँका २० वर्षीय परिवर्तित नाम भैरहवा–२७, पर्साको पटेर्वा सुगौरी–४ बस्ने १९ वर्षीय सन्दीप राय, सोही ठाउँका ३२ वर्षीय राजेश राय नट र पर्साको पाकहर गाउँपालिका–९ बस्ने ३४ वर्षीय रामबहादुर राय रहेका छन्।

उनीहरुसँगबाट प्रहरीले सुनको सिक्री ४ थान, टुटेको सिक्री २४ क्यारेट सुन ८.०६ ग्राम, सादा सिक्री २४ क्यारेट सुन ११.३७ ग्राम, लकेटसहितको सादा सिक्री २४ क्यारेट सुन ९ ग्राम, चाँदीको सिक्री एक थान (३६.७४ ग्राम), ५६ हजार नगद, विभिन्न कम्पनीका मोबाइल ८ थान र बीआर–०५एस–०३४ नम्बरको भारतीय स्कार्पियो गाडी बरामद गरेको छ।

उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago